अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।
लघुवित्तले कनिष्ठ अधिकृत, सुपरभाईजर, वरिष्ठ सहायक, सहायक कनिष्ठ सहायक र प्रशिक्षार्थी कनिष्ठ सहायक पदका लागि केही कर्मचारी माग गरेको छ । कनिष्ठ अधिकृत पदका लागि स्नातक/प्लस टू वा सो सरहको परीक्षा उत्तिर्ण र सुपरभाईजर देखि कनिष्ठ सहायक सम्मको पदका लागि प्लस टु वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (मंसिर २१ गते) ले १५ दिन भित्र कम्पनीको ईमेल ठेगाना वा कम्पनीको केन्द्रीय कार्यालय पनौती नगरपालिका –४ काभ्रेपलाञ्चोकमा आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post