मंसिर ६ गते । महोत्तरीको बर्दिबासका उद्योगी व्यापारीहरुआन्दोलित बनेका छन् ।
बर्दिबास उद्योग वाणिज्य संघको व्यवसायीहरु बैंक तथा वित्तिय समस्या समाधान गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाल राष्ट्र बैंकबाट जारी चालू पुजी निर्देशिका विरुद्ध उनीहरु आन्दोलित बनेका छन् । विभिन्न नाराहरु उल्ललेखित प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका व्यवसायीहरु बर्दिबासका बैंकहरुको अगाडी चर्को नारावाजी गरेका थिए ।
उनीहरुले ‘मनपरी प्रिमियिम बन्द गर—बैंक आतंक बन्द गर, तरलता समस्या समाधान गर, गरी खाने मर्दैछ—सरकारको राजश्व घट्दैछ’ लगायतका नाराहरु लगाएका थिए ।

प्रदर्शनको क्रममा बर्दिबासको मेंगा बैंक शाखाका प्रबन्धक समेत रहेका बैंकर्स संघका अध्यक्ष एमप्रसाद दाहाललाई ज्ञापनपत्र बुझाएका छन् । बर्दिबास उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद गौतमले ज्ञापनपत्र हस्तान्तरण गरेका हुन् ।
ज्ञापनपत्रमा बैंक तथा वितिय संस्थाहरुले कर्जा प्रवाहमा गरेको ढिला सुस्ती असुलीमा ताकेता तथा ब्याज दरका साथै निलामी प्रक्रिया अगाडि बढाएको कारणले उद्योग कलकारखाना तथा व्यावसाय धमाधम बन्द भई व्यवसायीहरुलाई मात्र नभई सिंगो देशकै अर्थतन्त्र धरासासी हुने अवस्थामा पुगेको ठहर छ । नेपाल सरकार र नेपाल राष्ट्र बैंकले ल्याएको नीतिहरुलाई अविलम्ब सच्याउन उद्योगी व्यवसायी मैत्री नीति निर्माण गर्न उनीहरुको माग छ ।
कोणसभालाई सम्बोधन गर्दै बर्दिबास उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष कृष्णप्रसाद गौतमले आफूहरुको मागलाई बेवास्ता गरिए राजमार्ग अबरुद्ध गरेर शसक्त आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिए ।
स्रोत -द पब्लिक टुडे बाट
Discussion about this post