nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

नेपालको तराई क्षेत्रबाट पैसा भारतीय बैङ्कमा जम्मा हुन थाल्यो, पुँजी पलायनको आशङ्का

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक १५, २०७९, ८:१५ मध्यान्ह
नेपालको तराई क्षेत्रबाट पैसा भारतीय बैङ्कमा जम्मा हुन थाल्यो, पुँजी पलायनको आशङ्का

काठमाडौं/कार्तिक १५ गते । भारतको तुलनामा नेपालमा दोब्बर बढी ब्याज पाइने भए पनि नेपालबाट भारतीय बैङ्कमा बढी पैसा जान थालेको पाइएपछि बैंकरहरु तनावमा परेका छन् । सीमावर्ती भारतीय बैङ्कमा नेपालबाट दैनिक करोडौँ निक्षेप जम्मा हुन थालेको पाइएको एक बैंकरले बताए । ‘एउटै बैङ्कमा दैनिक डेढ–दुई करोड पैसा जम्मा भइरहेको खबर आएको छ’, ती बैंकरले भने, ‘यदि यो सत्य हो भने हाम्रा लागि असाध्यै डरलाग्दो र दुःखद हुने छ ।’ 

अहिले भारतमा मुद्दती निक्षेपमा ६ देखि साढे ६ प्रतिशत ब्याज दिइरहेका छन् । नेपालमा भने १२ दशमलव १३ प्रतिशत ब्याज पाइन्छ । बैङ्कमै पैसा राखेर यति धेरै लाभ हुँदा हुँदै पनि भारतीय बैङ्कमा नेपालीको पैसा बढ्न थाल्नुले सकारात्मक सन्देश नदिने बैंकर बताउँछन् । नेपालमा व्यवसाय गर्ने मूलतः मारवाडी समुदाय र कतिपय भारतीयले यसरी भारतमा पैसा लगिरहेको पाइएको छ । 

सीमावर्ती क्षेत्रमा व्यापार गर्ने धेरै नेपाली र भारतीय नागरिकले नेपाल र भारत दुवै तर्फका बैङ्कमा खाता खोलेको पाइन्छ । यसबारे राष्ट्र बैङ्कले खासै चासो दिन सकेको छैन । नेपालमा ५०० र २ हजारका ठुला दरका नोटको कारोबार खासै नभए पनि त्यसभन्दा सानो दरका नोटको खुल्ला कारोबार हुन्छ । १०० भारतीय रुपयेको नेपाली १६० रुपैयाँमा स्थिर विनिमय दर तय भएका कारण राष्ट्र बैङ्कले प्रतिबन्ध लगाएको ठुला दरका नोटबाहेक सबै नोटको कारोबार नेपालमा हुन्छ । 

अझै सीमावर्ती क्षेत्रमा त प्रतिबन्धित नै भए पनि ठुला दरका भारुको खुल्लमखुल्ला कारोबार हुँदै आएको छ । सीमा क्षेत्रका बजारमा हरेक दिन पैसाको ओहोर दोहोर हुँदा यस्ता कुरामा ध्यान दिइँदैन । भारतमा पनि नेपालसँग जोडिएका सीमाका बजारहरूमा नेपाली मुद्राको बाक्लो कारोबार हुन्छ । यसरी सीमामा हुने कारोबारका लागि भारुको आवश्यकता बढी पर्ने भनेर राष्ट्र बैङ्कले बेलाबेलामा हामीसँग भएको डलर बेचेर भारु किन्ने पनि गरेको छ । 

यसरी किनिएको भारुमध्ये धेरै हिस्सा वैदेशिक व्यापारको भुक्तानीमा प्रयोग हुने भए पनि केही अंश भने नगदमै सटही हुन्छ । यसरी भारतमा आफन्त रहेका नेपाली व्यवसायी, नेपालमा व्यापार व्यवसाय गरिरहेका भारतीय र कतिपय मारवाडी समुदायका नेपालीले समेत अहिले नेपालबाट आफ्नो सम्पत्ति भारत लान थालेको हुनसक्ने बैंकर बताउँछन् । 

लामो समयदेखि नेपालको बैङ्किङ प्रणालीमा खासै निक्षेप बढ्न सकेको छैन । यो आर्थिक वर्ष सुरु भएपछि ३ खर्बभन्दा धेरै रेमिटेन्सको नेपाल भित्रिसकेको छ । सरकारले पनि गत साउन यता करिब ३ खर्ब रुपैयाँ पैसा खर्च गरिसकेको छ । यसरी देखिने गरी ६ खर्ब रुपैयाँ पैसा बजारमा थपिएको छ । राष्ट्र बैङ्कका अनुसार साउन र भदौमा जम्मा २ खर्ब ४५ अर्ब व्यापार घाटा भएको छ । असोजमा अर्को डेढ खर्ब थपिए पनि ४ खर्ब पुग्नुपर्छ । २ खर्ब रुपैयाँ प्रणालीमा खुद नाफा हुनु पर्ने थियो । देशभित्रको मूल्य अभिवृद्धिको हिसाबै नगर्ने हो भने पनि हाम्रो निक्षेप २ खर्ब बढ्नु पर्ने हो । 

तर गत असार मसान्तमा ५१ खर्ब ५८ अर्ब रहेको निक्षेप अहिले पनि जतिको त्यत्ति छ । गत साता पनि पुरै वित्तीय प्रणालीको निक्षेप ५१ खर्ब ५८ अर्ब नै रहेको राष्ट्र बैङ्कको आँकडा छ । यसरी अर्बौँ होइन, खर्बमा हाम्रो पैसा प्रणाली बाहिर गइरहेको तथ्याङ्कले देखाउँछ । यसरी देशभित्रका बैङ्कमा निक्षेप घटिरहने, तर विदेशी बैङ्कमा नेपालबाट पैसा जम्मा हुन थाल्यो भने नेपालमा देखिएको विद्यमान तरलता समस्या अझै लामो समय तन्किने सक्ने बैंकर बताउँछन् । ‘यसरी पुँजी पलायन हुने हो भने त समस्या लम्बिने मात्रै होइन, हाम्रो अर्थतन्त्र नै टाट पल्टिन सक्छ’, ती बैंकरले भने । 

राष्ट्र बैङ्कका अधिकारीहरू भने भारतमा पनि सम्पत्ति शुद्धीकरणका प्रावधानहरू देखाएर पुँजी पलायनलाई अस्वीकार गर्दै आएका छन् । तर वास्तविकतामा त्यसो नहुने बैंकर र व्यापारी बताउँछन् । भारत सरकारले नोट बन्दी गरेका बेला बैङ्कहरू र राष्ट्र बैङ्कसँगै भएका ठुला दरका भारु अहिलेसम्म साटिएको छैन । तर नेपालका व्यापारीले आफ्ना अनेक संयन्त्र र युक्ति लगाएर करोडौँ रकमका पुराना नोटहरू रातारात साटेका थिए । यसले भने मुद्रा बजारको वास्तविकतालाई केन्द्रीय बैङ्कले जान्न नसकेको पुष्टि हुने राष्ट्र बैङ्ककै अधिकारीहरू बताउँछन् । 

त्यसो त, राष्ट्र बैङ्कसँग यसरी भारतमा हुने पुँजी पलायन गर्न सक्ने सामर्थ्य पनि छैन । पारिवारिक नाता सम्बन्ध मात्रै होइन, एउटै व्यक्ति वा परिवारले दुवै देशमा कम्पनी वा फर्महरू खोलेर कारोबार गर्ने भएकाले पनि यसको जरो समात्न सजिलो छैन । दुवै देशमा अनौपचारिक अर्थतन्त्रको आकार निकै ठुलो भएको र खुला सीमा एवम् एक अर्को मुलुकका नागरिकले पाउने सुविधाहरूका कारण पनि यस्तो पुँजी पलायन रोक्न कठिन छ । 

बैंकरहरु यसअघि पनि थोरै थोरै पुँजी नेपाल र भारतमा बेलाबखत ‘यता–उता’ हुने भए पनि अहिले ठुलो परिमाणमा पुँजी बाहिरिन थालेको बताउँछन् । यसले नेपालको अर्थतन्त्र र मौद्रिक विश्वसनीयता कमजोर पार्ने बैंकरको बुझाइ छ । ठुला व्यापारीहरूले नेपालमा भएको सम्पत्ति बेचेर भारत लान थाले भने यसले हाम्रो अर्थतन्त्र र बैङ्किङ प्रणालीलाई ध्वस्त पार्न सक्ने भनेर बैंकर चिन्तित छन् । 

साभार स्रोत-अर्थ पथ अनलाईन बाट

Tags: अर्थ/बाणिज्यबैंक तथा बित्त

Discussion about this post

Related Posts

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

मन्दिरको रकम भुक्तानी नगरेको भन्दै जनकपुरधाम उपमहानगरविरुद्ध उजुरी

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि