nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

काठमाडौंको यो होटल जहाँ बस्न आउनेहरुको अ श्लिल-गोप्य भिडियो आफै बनाउछन म्यानेजर, यसरी खुल्यो रहस्य

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक ११, २०७९, १०:२४ मध्यान्ह
काठमाडौंको यो होटल जहाँ बस्न आउनेहरुको अ श्लिल-गोप्य भिडियो आफै बनाउछन म्यानेजर, यसरी खुल्यो रहस्य

काठमाडौँ । होटलमा बास बस्न पुगेका ग्राहकको गोपनीयता कायम राख्नु र उनीहरुको सुरक्षाको प्रबन्ध गर्नु प्रत्येक होटल तथा लजको दायित्व हो । होटलमा कार्यरत कर्मचारी र म्यानेजरले ग्राहकको गोपनीयता र सुरक्षाका लागि व्यवस्था गर्नैपर्ने हुन्छ ।

तर, लजमा बस्न गएका युवती र जोडीको अन्तरङ्ग तथा नग्न भिडियो रेकर्ड गर्न म्यानेजर आफै संलग्न भएको खुलासा भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर–३ स्थित बाँसबारीमा रहेको ‘बासबारी रेष्ट्रो क्याफे एण्ड लज’मा बस्न आउने ग्राहकहरुको अन्तरङ्ग तथा अ श्लील भिडियो गोप्यरुपमा रेकर्ड गरेको अभियोगमा प्रहरी वृत्त महाराजगञ्जले लजका म्यानेजरलाई पक्राउ गरेपछि यो खुलासा भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार गोप्यरुपमा ग्राहकको अ श्लील भिडियो रेकर्ड गर्ने लजका म्यानेजर ४२ वर्षीय मुकेश मालीलाई प्रहरीले पक्राउ गरेको हो ।

यसरी गर्थे अ श्लील भिडियो रेकर्ड
चन्द्रागिरी नगरपालिका वडा नम्बर १५ स्थायी ठेगाना भएका माली रेष्ट्रो एण्ड क्याफेमै बस्ने गर्दथे । आफ्नै योजनामा मालीले लजको कोठा तथा बाथरुमको ढोकामा सानो सानो प्वाल बनाएर मोबाइल र अन्य डिभाइसबाट भित्रको अन्तरङ्ग भिडियो र अ श्लील दृश्यहरु रेकर्ड गर्ने गरेको पाइएको प्रहरीको भनाइ छ । जब ग्राहकहरु लजको कोठा वा नुहाउनका लागि बाथरुममा प्रवेश गर्थे, माली आफैले मोबाइल तथा अन्य डिभाइसबाट भिडियो रेकर्ड गर्न सुरु गर्थे ।

युवतीले थाहा पाइन् म्यानेजरको कर्तुत
कात्तिक २ गते बुधबार एक युवती आफ्नो परिवारसँग खानपिन र बास बस्नका लागि बाँसबारीस्थित उक्त लजमा पुगेकी थिइन् । बुवा–आमासँगै लजमा पुगेकी युवती नुहाउनका लागि भनेर जब बाथरुममा पुगिन्, उनले ढोकामा सानो प्वाल देखिन् ।

उक्त ढोकाको प्वालबाट कसैले चिहाइरहेको वा अनधिकृत गतिविधि भइरहेको उनलाई आभास भयो । ढोका बाहिरबाट कसैले भिडियो खिचिरहेको जानकारी उनले पाइन् । त्यसलगत्तै युवतीले अनधिकृत गतिविधिबारे प्रहरीलाई जानकारी गराइन् ।

प्रहरी वृत्त महाराजगञ्जको टोली लजमा पुगेर अनुसन्धान सुरु गर्यो । प्रहरी वृत्त महाराजगञ्जबाट अनुसन्धान अधिकृतसहितको प्रहरी टोली लजमा पुगेर अनुसन्धान गर्दा यस्तो हर्कतमा म्यानेजर मुकेश माली आफै संलग्न रहेको प्रहरीले जानकारी पायो ।

मालीको मोबाइल नियन्त्रणमा लिई अनुसन्धान गर्दा उनको आइफोन १२ प्रो म्याक्स मोबाइलमा दर्जनौं अन्तरङ्ग र अश्लील भिडियो फेला परेको प्रहरीको भनाइ छ । प्रहरीले भन्यो ‘कसैले भिडियो रेकर्ड गरेको उजुरी परेपछि प्रहरी उक्त लजमा पुगी अनुसन्धान गर्दा ढोकामा प्वाल पारिएको भेटियो । ढोकामा प्वाल पार्नुको अन्य कुनै उद्देश्य नदेखिएपछि हामीले म्यानेजरसहितका कर्मचारीको मोबाइल जफत गरेर अनुसन्धान गर्यौं । अनुसन्धानका क्रममा म्यानेजरकै मोबाइलमा दर्जनौं अन्तरङ्ग र अश्लील भिडियो फेला पारेका छौँ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।’

म्यानेजर मालीको आइफोन १२ प्रो म्याक्स मोबाइलमा दर्जनौं अ श्लील भिडियो भेटिएको छ । प्रहरीका अनुसार नाम थर र वतन नखुलेका दर्जनौं व्यक्ति र जोडीको अन्तरङ्ग तथा अश्लील भिडियो मुकेशको मोबाइलमा भेटिएको हो । मोबाइलको फरेन्सिक परीक्षणका लागि ल्याबमा पठाइएको र त्यसपछि यसबारे थप जानकारी प्राप्त हुने प्रहरीले बताएको छ ।

अ श्लील भिडियो रेकर्डको उद्देश्य खोज्दै प्रहरी
मालीले कुन उद्देश्यले भिडियो रेकर्ड गरेका हुन् हालसम्म खुल्न सकेको छैन । कात्तिक २ गते अपरान्ह २ बजे मात्रै पक्राउ गरिएको र कात्तिक ३ गते काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ । भर्खरै पक्राउ परेको कारण अश्लील भिडियो रेकर्ड गर्नुको उद्देश्य खुल्न सकेको छैन । ब्ल्याकमेल गरी रकम असुल गर्न वा अन्य कुन प्रयोजनले गोप्यरुपमा भिडियो रेकर्ड गरिएको हो, सो सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मालीले प्रहरीसमक्ष प्रारम्भिक बयान दिँदा भने आफू अश्लील भिडियोको एडिक्सनमा परेको कारण आफ्नै मनोरञ्जनका लागि भिडियो रेकर्ड गरेको बताएका छन् । मालीले अ श्लील भिडियो रेकर्ड गरेर पोर्न साइट वा अन्यत्र अपलोड गरे नगरेको वा कुनै व्यक्तिसँग सेयर गरेको वा नगरेको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तत्कालका लागि प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–५ को ‘सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धका कसूर’ अन्तर्गत दफा ११८ ‘अभद्र व्यवहार गर्न नहुने’ मुद्दामा काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान गरिरहेको छ । यद्यपि प्रहरीले अन्य अनुसन्धानबाट भिडियो अन्यत्र पठाएको वा सेयर गरेको पाइएमा साइबर अपराधको कसुरमा मुद्दा लैजाने तयारी गरिरहेको छ ।

एसपी मैनालीले ग्राहकको चलाखीले ठूलो दुर्घटना रोकिएको दावी गरे । होटलको कोठामा गोप्य क्यामेरा प्रयोग गरी अन्तरङ्ग दृश्य रेकर्ड गर्ने र पछि ब्ल्याकमेल गर्नेसम्मको खतरा टरेको उनले बताए ।

साभार स्रोत-अनलाइन डबलि बाट

Tags: देशको खबर

Discussion about this post

Related Posts

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

सघन सहरी कार्यक्रम’ लाई ८८ अर्ब ३३ करोड बजेट

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

नवप्रवर्तनमा लगानी गरे अर्थतन्त्र सुधार्न सकिन्छ : मन्त्री पुन

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

जनकपुरधाममा राष्ट्रिय कुश्ती प्रतियोगिता सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

धनुषामा ‘ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम २०८३’ सुरु

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

कृषि, शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिँदै मटिहानी नगरपालिकाद्वारा ४७ करोड ४५ लाखको बजेट सार्वजनिक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

पुराना घरहरू भित्र आँगन किन हुन्थ्यो ? वास्तविक कारण छ धेरै रोचक

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

‘धुरन्धर’ सफल भए पछि रणवीर सिंहले किने ६ करोडको फरारी

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

भारतीय एक जनजाती, जहाँ विवाह अगावै युवायुवतीसँगै बस्न पाउँछन्

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!