असोज ३० गते। सबैको लघुवित्त वित्तीय संस्थाले समूह परिचालक पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै समूह परिचालक पदका लागि कर्मचारी माग गरेको हो ।
संस्थाले समूह परिचालक पदका लागि SEE वा SLC पास गरेको १८ बर्ष पूरा भई ५० बर्ष ननाघेको इच्छुक ब्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ।
दरखास्त दिने इच्छुक ब्यक्तिले आवश्यक कागजातहरु हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहितको निवेदन, आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्र तथा आवश्यकता अनुसारको कार्य अनुभव सम्बन्धी विवरण सहित कार्तिक ०२ गते भित्र यस वित्तीय संस्थाको केन्द्रिय कार्यालयमा कार्यालय समय भित्र आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post