असोज ३० गते। युनिक नेपाल लघुवित्त वित्तीय संस्थाले प्रशिक्षार्थी सहायक अधिकृत लेखा सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थी पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै यी दुई पदका लागि कर्मचारी माग गरेको हो ।
संस्थाले प्रशिक्षार्थी सहायक अधिकृत पदका लागि व्यवस्थापन संकायमा स्नातक तह वा सो सरह उत्तीर्ण गरेको र कम्प्युटर चलाउन जानेको र २१ बर्ष पूरा भई ४० बर्ष ननाघेको इच्छुक ब्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ।
त्यस्तै लेखा सहायक र कनिष्ठ सहायक पदका लागि व्यवस्थापन संकायमा +2 उतिर्ण गरेको १८ बर्ष पूरा भई ३५ बर्ष ननाघेको इच्छुक ब्यक्तिले आवेदन दिन सक्ने सूचनामा उल्लेख गरेको छ।
दरखास्त फारम यस वित्तीय संस्थाको वेबसाईट www.uniquenepalmicrofinance.com.np बाट डाउनलोड गरि योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजातहरु हालसालै खिचिएको पासपोर्ट साइजको फोटो सहितको निवेदन, आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्र तथा आवश्यकता अनुसारको कार्य अनुभव सम्बन्धी विवरण सहित कार्तिक १७ गते भित्र यस वित्तीय संस्थाको केन्द्रिय कार्यालयमा कार्यालय समय भित्र वा ईमेल ठेगाना [email protected] मार्फत आवेदन दिन सक्नेछन् ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post