nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

वाणिज्य बैंकको संख्या २१ वटामा झर्दै, मर्जरमा जानैपर्ने दबाबमा यी बैंक

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १४, २०७९, ११:०० बिहान
‘बैङ्कहरु दोश्रो मिटरब्याजी भए, डबल डिजिट ब्याज तिर्न सक्दैनौँ’

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरू धमाधम मर्जरमा जान थालेका छन् । गत पुस यता मात्रै १२ बैंकले मर्जर तथा प्राप्ति सम्झौता गरिसकेका छन् ।

तीमध्ये नबिल र बंगलादेश बैंकले एकीकृत कारोबार समेत सुरू गरिसकेका छन् भने अन्य १० बैंक मर्जर प्रक्रियामा रहेका छन् । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई फोर्सफुली मर्जरमा जान नभने पनि विभिन्न सुविधा दिँदै प्रोत्साहन गरिरहेको छ ।

समकक्षी बैंकहरू धमाधम मर्जरमा जान थालेपछि अन्य बैंकहरू पनि दबाबमा परेका छन् । पूँजीको आकार, वित्तीय अवस्था र व्यवसाय विस्तारमा ठूला बैंकहरूसँग प्रतिस्पर्धा गर्न कम पूँजी भएका बैंकहरू मर्जरमा जानुपर्ने बाध्यतामा छन् ।

ग्लोबल आइएमई बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) परशुराम कुँवर क्षेत्री साना बैंकहरू व्यवसाय बढाउन मर्जरमा जानैपर्ने दबाबमा रहेको बताउँछन् ।

‘मर्जरमा गएका बैंकहरूको लागत कम तथा व्यवसाय विस्तारमा सहज हुने भएपछि साना बैंकहरूलाई दबाब परिहाल्छ,’ उनले भने, ‘बाँकी रहेका बैंकहरूले ढिलो/चाँडो मर्जर प्रक्रिया गर्छन् जस्तो लाग्छ । विदेशी लगानीका बैंकहरूले नगर्लान् । तर, स्थानीय बैंकहरूलाई पछिसम्म यो प्रेसर पर्छ नै । ’

बैंकहरूले स्वस्फूर्त रुपमा मर्जरमा गइरहेकाले राष्ट्र बैंकले फोर्सफूल मर्जरको नीति लिने सम्भावना न्यून रहेको उनले बताए । अन्य बैंकहरू पनि मर्जरमा जानुपर्ने दबाबका कारण वाणिज्य बैंकको संख्या अझै घट्ने बैंकरहरू बताउँछन् ।

राष्ट्र बैंकले मर्जर नीति लिएको ७ वर्षसम्म खासै चासो नदेखाएका वाणिज्य बैंकहरूले गत वर्षदेखि धमाधम मर्जर/तथा प्राप्तिमा जान थालेका हुन् । बिग मर्जरको आकर्षण नदेखिएपछि राष्ट्र बैंकले गत वर्षको मौद्रिक नीति मार्फत एकदर्जन सुविधा दिएर प्रोत्साहन गरिरहेकोे छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी प्रक्रिया सुुरु गरेदेखि हालसम्म २४५ बैंक तथा वित्तीय संस्थाहरू मर्जर/प्राप्ति प्रक्रियामा गएका छन् । यसमध्ये १७८ संस्थाहरूको इजाजत खारेज भएर ६७ संस्था कायम भएको राष्ट्र्र बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा भने सो नीतिमा कडाइ गरेको छ । मर्जरमा जाने बैंक तथा वित्तीय संस्थाहरूलाई पुस मसान्त भित्र एकीकृत कारोबार गरिसके मात्र छुट सुविधा प्राप्त हुने सीमा तोकेको छ ।

जसको कारण मर्जर प्रक्रिया तथा तयारीमा रहेका बैंकहरू पनि छुट पाउन छिटो एकीकृत कारोबारमा जानुपर्ने दबाबमा छन् । एकातिर व्यवसाय विस्तारको दबाब र अर्कोतर्फ नियामकीय सहुलियत व्यवस्था नपाइने भएपछि साना वाणिज्य बैंकहरूलाई मर्जर तथा प्राप्तिमा सामेल हुने वा एक्लै व्यवसाय विस्तार गर्ने भन्ने चुनौती छ ।

राष्ट्र बैंकले फेरि फोर्सफूल मर्जरको नीति लिए मर्जरमा नगएका बैंकहरू समस्यामा पर्नसक्ने कतिपय बैंकरहरूको तर्क छ । तर, राष्ट्र बैंकका अधिकारीले बैंकहरूको संख्या घटाउने उद्देश्य एक आकारमा पुगिसकेकाले फोर्सफूल मर्जरको पक्षमा नरहेको बताउने गरेका छन् ।

राष्ट्र बैंकले केही समयअघि गरेको अध्ययनले नेपालमा १५ वटासम्म ‘क’ वर्गका बैंकहरू भए पुग्ने निष्कर्ष निकालेको थियो । जसको कारण पनि अन्य बैंकहरू मर्जरमा जानैपर्ने अवस्था आउन सक्ने भन्दै पार्टनर खोजिरहेका छन् ।

मर्जरमा जानैपर्ने दबाबमा यी बैंक

पूँजी तथा व्यवसाय कम भएका आधा दर्जन बैंकहरू मर्जरमा जानैपर्ने दबाबमा छन् । ठूला भनिएका बैंकहरू समेत मर्जरमा जान थालेपछि चुक्ता पूँजीका आधारमा साना रहेका बैंकहरू थप दबाबमा परेका हुन् ।

विदेशी लगानीका बैंकहरू खासै दबाबमा नपरे पनि नेपाली लगानीकै साना बैंकहरू भने मर्जरमा जानैपर्ने दबाबमा छन् । बोनस दिएर मात्रै प्रतिस्पर्धी बैंक सरह पुग्न नसक्ने अवस्था रहेकाले पूँजी थोरै भएका बैंकहरू मर्जरमा जानुपर्ने अवस्था देखिन्छ । यद्यपि, अहिलेसम्म राष्ट्र बैंकले फोर्स मर्जर नीति नलिएका कारणले मर्जरमा जानै पर्छ भन्ने चाहिँ छैन् ।

चुक्ता पूँजी वृद्धि र व्यवसाय विस्तारका अझै आधादर्जन बैंक मर्जरमा जानै पर्ने देखिन्छ । स्वदेशी लगानीका सनराइज, सिटिजन्स, लक्ष्मी, माछापुच्छ्रे, सानिमा, सिद्धार्थ बैंक मर्जरमा जानैपर्ने दबाबमा छन् । ठूला बैंकको तुलनामा यी बैंकहरूको व्यवसायको हिस्सा, नाफा र पूँजी न्यून रहेको छ ।

यस्तै, विदेशी लगानीका एभरेष्ट, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबीआइ बैंकको पनि पूँजी कम भएकाले अन्य बैंकसँग प्रतिस्पर्धा गर्न मर्जरमा जानुपर्ने देखिन्छ ।

यद्यपि, चुक्ता पूँजी कम हुँदैमा अन्यसँग प्रस्पिर्धा गर्नै नसक्ने भन्ने चाहिँ होइन । ठूला भनिएका ग्लोबल, नबिलको तुलनामा झन्डै आधा कम चुक्ता पूँजी रहेको एनआइसी एशिया व्यपार, व्यवसायमा भने उनीहरूसँगै प्रस्पिर्धा गरिरहेको छ । कतिपय सूचकमा उछिनेको समेत ।चुक्ता पूँजी कम भएकाले एन्आइसी पनि मर्जरमा जानुपर्ने दबाबमा देखिन्छ ।

गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ छ । लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । यसैगरी, सानिमा बैंकको चुक्ता पूँजी ११ अर्ब ३२ करोड रुपैयाँ कायम छ ।

सिटिजन बैंकको पूँजी १४ अर्ब २० करोड रुपैयाँ रहेको छ भने माछापुच्छ्रेको १० अर्ब २५ करोड र सिद्धार्थ बैंकको १२ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ । वित्तीय स्थिति कमजोर रहेका बैंकहरूले मर्जर तथा प्राप्ति रोजेपछि यी बैंकहरू पूँजीगत मात्र नभएर अन्य सूचकहरूमा पनि पछाडि पर्ने भएका छन् । जसको कारण मर्जर तथा एक्विजीनमा जानुपर्ने बाध्यतामा छन् ।

मर्जर तथा प्राप्ति मार्फत चुक्ता पूँजीको हिसाबले एकपछि अर्को बैंकले लिड गरिरहेका छन् । तीन वषअघि जनता बैंक गाभेर चुक्ता पूँजीको आधारमा सबैभन्दा ठूलो बनेको ग्लोबलले बैंक अफ काठमाण्डूलाई गाभेर नेपालकै ठूलो बैंक बन्दैछ । मर्जरपछि ग्लोबलको चुक्ता पूँजी ३२ अर्ब नाघ्नेछ ।

यस्तै, नेपाल बंगलादेश बैंकलाई गाभेको नबिलको चुक्ता पूँजी २२ अर्ब छ भने मर्जर प्रक्रियामा रहेका अधिकांश बैंकको एकीकृत कारोबारपछि चुक्ता पूँजी २० अर्ब बढी हुनेछ ।

वाणिज्य बैंकको ३२ बाट २१ मा झर्दै

राष्ट्र बैंकले मर्जर नीति लिएको ८ वर्षको अवधिमा वाणिज्य बैंकको संख्या ३२ बाट २१ मा झर्ने भएको छ । हाल २६ वाणिज्य बैंक रहेका छन् । मर्जर सम्झौता गरिसकेका १० बैंकहरूले एकीकृत कारोबार सुरू गरेपछि सो संख्या घटेर २१ वटामा झर्नेछ ।

दुई वर्षअघि जनता बैंकलाई गाभेको ग्लोबलले बैंक अफ काठमाण्डूलाई गाभ्दै छ । त्यस्तै, मेगा र नेपाल इन्भेष्टमेन्ट, हिमालयन र सिभिल, प्रभु र सेञ्चुरी, कुमारी र एनसीसी बैंक एक आपसमा गाभिँदै छन् ।

यी बैंकहरूको मर्जर तथा प्राप्ति प्रक्रिया सफल भएपछि संख्या २१ कायम रहने भएको छ । नेपाल राष्ट बैंकले पुससम्म एकीकृत कारोबार गर्ने बैंकले मात्र छुट सुविधा पाउने घोषणा गरेकाले सम्भवतः मर्जर सम्झौता गरेका बैंकहरूले पुसभित्रै एकीकृत कारोबार सुरू गरिसक्नेछन् ।

यसअघि ग्लोबल आइएमई बैंकले कमर्ज एण्ड ट्रस्ट बैंक र जनता बैंक नेपाल गाभेको थियो । यस्तै, गत वर्ष नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभिसकेको छ।

त्यस्तै, हालको प्रभु बैंकले अरु दुई वाणिज्य बैंक गाभिसकेको छ । अहिले सेञ्चुरीलाई गाभ्ने सम्झौता गरेको प्रभुले यसअघि किस्ट बैंक र ग्राण्ड बैंक नेपाललाई गाभेको थियो। साविकको प्रभु फाइनान्स विकास बैंक हुँदै किष्ट बैंकलाई गाभेको थियो। किष्टको नाम परिवर्तन गरेर प्रभु बनेको बैंकले ग्राण्डलाई गाभेको थियो ।

Tags: अर्थ/बाणिज्यबैंक तथा बित्त

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!