nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

‘बैङ्कहरु दोश्रो मिटरब्याजी भए, डबल डिजिट ब्याज तिर्न सक्दैनौँ’

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १४, २०७९, १०:५९ बिहान
‘बैङ्कहरु दोश्रो मिटरब्याजी भए, डबल डिजिट ब्याज तिर्न सक्दैनौँ’

सिरहा । मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष हरि शंकर शाहले व्यवसायीले अब डबल डिजिटको ब्याजदर तिर्न नसक्ने बताएका छन्। कोरोनापछि देशभरका ब्यवसाय चौपट परेको भन्दै बर्तमान मौद्रिक नीतिले व्यवसायी झन् आतंकित भएको उनले बताए।

नेपाल उद्योग वाणिज्य महासंघको गतिविधि, देशभरको उद्योगी व्यवसायीको पीर–मर्का, समस्या, राज्यको दायित्व लगायतका विषयमा जानकारी लिने क्रममा दैनिक अनलाइनको टोली मधेश प्रदेशको वीरगंजमा पुगेको थियो। त्यहाँ भएको अन्तरक्रियामा अध्यक्ष शाहले आफूहरु अहिले कठिन स्थितिबाट गुज्रिएको बताए।

उद्योग वाणिज्य महासंघ मधेश प्रदेशको कार्यसमिति सदस्य समेत रहेका उनले भने ‘सबैभन्दा पहिला के छ भनेदेखि जल्दोबल्दो डबल डिजिटको ब्याजदरले आतंकित भएका छौँ। ब्याज तिर्न नसकेर दर्जनौँ व्यवसायिक फर्म कालोसूचीमा परिसके। जग्गा लिलाम छ। घरसम्पति सबै रोक्का छ। धेरै व्यवसायी विदेश पलायन पनि भए। यस्तो अवस्थामा व्यवसायी कसरी अगाडि बढ्न सक्छन्। सरकारले चाँडै वयवसायीका कुरा सुनिदिनु पर्यो।’ अहिले स्थानीय उद्योगहरु पनि कच्चा पदार्थको अभावमा धरासयी भएको उनले बताए।

‘ब्याज वृद्धिले समस्या छ । स्थानीय उद्योगको लागि चाहिने कच्चा पदार्थ हामी कहाँ भएन । भारतमा निर्भर भएका छौँ । यसले गर्दा उद्योगमा कच्चा पदार्थको अभाव छ। राज्यले स्वदेशी कच्चा पदार्थमा पनि धेरै कर तिर्नुपर्ने बनाएको छ । गर्दागर्दा धान आयातमा भारतले २० प्रतिशत भन्सार कर लगाइदियो। मिर्चैयामा धेरै चामल र चिउरा उद्योग खुलेको भए पनि भारतमा निर्भर रहनुपर्दा सबै संकटमा छन्। १४ । १५ प्रतिशत नाफा खाने गरी सामान खरिद गरेका हुन्छौँ । बैङ्कलाई नै त्यत्तिकै रकम ब्याज तिर्नुपरेपछि अब हाम्रो हालत के होला? बैङ्कले ब्याज लिनेबेला मनोमानी गर्छन्। बैङकहरु दोश्रो मिटर ब्याजी भए। त्यसको मार हामीले खेपेका छौँ । यसबारे अर्थमन्त्रालय, राष्ट्र बैङ्क, बाणिज्य बैङ्कले चासो दिनु पर्यो।’

व्यवसायीबाट करोडौँ कर लिने स्थानीय सरकारले पनि यस्ता सरोकारका विषयमा केही चासो दिँदैन उनको भनाई छ। आफूहरुसंग भएको कच्चा पदार्थ पनि सुदपयोग हुन नसकेको उनले बताए। अध्यक्ष शाहले मुलुक परनिर्भर हुँदा पनि स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकार चुकेको बताए।

‘मधेशमा हजारौँ विघामा आँप उत्पादन भए पनि त्यो न्यून मुल्यमा पनि विक्रि हुन नसक्ने अवस्था समेत भोगेको उनले सुनाए । मिर्चैयामा हजारौँ विघामा आँप हुन्छ। यस क्षेत्रलाई आँप जोन घोषणा गरौँ भनेर पटकपटक प्रधानमन्त्रीलाई पनि भनेका छौँ आफ्नो उत्पादन बढाउनु पर्यो । तर कुनै पनि प्रधानमन्त्री चिन्तित छैनन्। राष्ट्रले सम्बोधन गरेन। सरकारले एकपटक पनि देशबासीको नाममा सम्बोधन गरेर यसबारे भन्न सकेन। अब मुलकमा उत्पादन बढाएर निर्यातमुखी हुन सकेनौँ भने मुलुकको हालत के हुने हो भन्न सकिन्न’, उनी भन्छन्। स्वदेशी उत्पादन गर्न र विक्रिीमा सरकार अनादर रहनु चिन्ताको विषय रहेको उनले बताए।

आफ्ना नेता कार्यकर्तालाई पोस्न टुक्रे बजेट ल्याएर भ्रष्टाचार गर्न मात्र सरकार उद्धत भएको उनले आरोप लगाए। सरकारले वास्तविक उद्योग लगानी नगरेर अनुत्पादक क्षेत्र जस्तै मठ मन्दिर लगायतमा खर्च गर्ने गरेको बताए।
रेमिट्यानसको भरमा मुलुक चल्नु विडम्बना भएको भन्दै उनले अब पनि यस्तै हालत हुने हो भने मुलुक चाँडै खत्तम हुने उनले बताए।

उनले प्रश्न गरे अब यसरी कति दिन चलाउने? अध्यक्ष शाहले मुलुकका नागरिकले राज्यलाई कर तिरे पनि राज्यले भने शोषण मात्र गर्ने गरेको बताए। आक्रोशित हुँदै उनले भने ‘कमाएको ७० प्रतिशत नेपाल सरकारलाई दिन्छौँ। सेवा सुविधा ५ प्रतिशत पाउन्नौँ। हामी राज्यलाई कर दिन्छौँ । राज्यले हामीलाई के दियो ? हामी व्यवसायी आफ्नो बलबुतामा चलेका छौँ। सरकारले सुनोस्, हामी बचे मात्र देश बच्छ। बैङ्क बाँच्छ। हामी नबचे को बाँच्छ, के उपाय छ?’

अब हरेक नेपालीमा नेपालीपन नहुने हो भने देश बर्बादीको दिसामा जाने उनको चेतावनी छ। आफ्ना माग पुरा गर्न शान्तिपूर्ण आवाज उठाउँदा सरकारले नसुन्ने गरेको उनले आरोप लगाए।

शाहले आफूहरु वर्डरमा रहेका कारण धेरै समस्या भएको बताए। भारु नोटको अभाव, भन्सारका हाकिम, कर्मचारी, प्रहरी प्रशासनको दमन र अमानवीय व्यावहार, जानीजानी जाँचपासमा ढिलाई, भन्सार छली र तस्करी लगायतका समस्याले भन्सारका व्यवसायी पीडित भएको उनले बताए।

स–साना उद्योगी, व्यवसायीका समस्या समाधानमा सरकार मात्र दोषी नरहेर नेपाल उद्योग वाणिज्य महासंघ पनि दोषी रहेको अध्यक्ष शाहले आरोप लगाए। ठुला बयवसायीका मात्र कुरा नसुनेर व्यवसायीका वर्डर लगायतका समस्या समाधानमा महासंघले विशेष चासो राख्नु पर्ने, जिल्ला नगर अझै बढी चनाखो हुनुपर्ने, स्थानीय सरकारसंग अझै बढी समन्वयकारी भूमिका खेल्नु पर्ने उनको सुझाव छ।
महासंघको चुनाव पनि आउन लागेकाले अब आफूहरुले यस्तै समस्याहरु नेतृत्वसमक्ष पुर्याउन देशब्यापी छलफल गरिरहेको उनको भनाई रहेको छ।

साभार स्रोत-दैनिक अनलाईन बाट

Tags: अर्थ/बाणिज्य

Discussion about this post

Related Posts

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

गाली नगरी, नकुटी बालबालिकालाई कसरी अनुशासित बनाउने ?

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

जनकपुरधाममा धूमधामका साथ जानकी नवमी मनाइँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

सातौँ संस्करणको जनकपुर साहित्य महोत्सव जेठ १ देखि ३ गतेसम्म जनकपुरधाममा हुँदै

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!