nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेसका शीर्ष नेता यी क्षेत्रबाट चुनाव लड्दै

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १३, २०७९, ७:३३ मध्यान्ह
मधेसका शीर्ष नेता यी क्षेत्रबाट चुनाव लड्दै

असोज १३ गते।  संघीय निर्वाचन अन्तर्गत विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले आफू कुन क्षेत्रबाट उठ्नेबारे टुंगो लगाएका छन् । यसैबीच मधेश केन्द्रित दलका प्रमुख नेताहरुले पनि मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनका लागि आफूले उठ्ने क्षेत्रको टुंगो लगाएका हुन् ।

जसअनुसार आ-आफ्नो क्षेत्र टुंगो लगाउनेमा जनता समाजवादी पार्टी (जसपा), लोकतान्त्रीक समाजवादी पार्टी (लोसपा) र जनमत पार्टीका शीर्ष नेताहरु रहेका छन् । सत्ता गठबन्धनमा आवद्ध रहेको जसपाका अध्यक्ष उपेन्द्र यादव बारा २ , सिराहा १-२ र सप्तरी २ बाट सिफारिस भएका छन् ।

यी क्षेत्र मध्ये अध्यक्ष यादवले सप्तरीको क्षेत्र न. २ बाट चुनाव लड्ने तयारी गरेका छन् । २०७४ मा पनि यादव यही क्षेत्रबाट विजयी भएका थिए ।  अध्यक्ष यादवको निर्देशनअनुसार सो क्षेत्रको टोल टोलमा गोष्ठी र चुनावी कार्यक्रमहरू गरिन थालेका छन् । २०७४ को चुनावमा यादव २१ हजार ६२० मत ल्याएर निर्वाचित हुन सफल भए ।

उनीसँग चुनावी मैदानमा उत्रिएका नेकपा (माओवादी केन्द्र) का उमेशकुमार यादवले ११ हजार ५८० मत प्राप्त गरेका थिए ।  यता लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि तिन जिल्लाबाट संघ  र प्रदेशसभाको निर्वाचनका लागि सिफारिस भएका छन् । तर, अध्यक्ष ठाकुर महोत्तरी-३ बाट चुनाव लड्ने भएका छन् ।

२०७४ सालको निर्वाचनमा महोत्तरी-३ बाट संघीय समाजवादीसँगको गठबन्धनमा तत्कालीन राजपा नेपालबाट चुनाव लडेका उनी भारी मतले विजयी भएका थिए । उनले २७ हजार पाँच मत ल्याए भने उनका  प्रतिस्पर्धी वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा एमालेका नेता विजय चौधरीले ८ हजार ९७७ मत ल्याएका  थिए ।

त्यसबेला एमालेका नेता चौधरी भन्दा ठाकुरले तेब्बर भन्दा बढी मत ल्याएका हुन् ।  अध्यक्ष ठाकुरले फेरी पनि सोही क्षेत्रबाट चुनाव लड्ने तयारी गरेका छन् । त्यसैगरी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ बाट  चुनाव लड्ने भएका छन् । २०७४ मा पनि नेता महतो यही क्षेत्रबाट विजयी भएका थिए ।

तत्कालीन राजपाबाट उठेका महतोले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिलाई २ हजार ९ सय १४ मतले पराजित गर्दै विजयी भएका थिए । त्यस बेला उनले ३० हजार ७ सय ४२ मत प्राप्त गरे । निधिले २७ हजार ८ सय २८ मत ल्याएका थिए ।  फेरि पनि महतो धनुषा ३ बाट चुनाव लड्ने भएका हुन् ।

सर्लाहीमा निरन्तर चुनाव हार्न थालेपछि महतो धनुषा-३ बाट चुनाव लड्न थालेका छन् । नेता महतोले सो क्षेत्र नछाड्ने भएपछि कांग्रेस नेता निधीले अन्य क्षेत्रबाट उठ्ने तयारी गरिरहेका छन् । अगामि मंसिर ४ गते हुने संघीय निर्वाचन अन्तर्गत लोसपाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग तालमेल गर्ने भएको छ ।

एमालेसँग चुनावी तालमेलका लागि लोसपाले निरन्तर छलफल गरि रहेको छ ।  त्यसैगरी जनमत पार्टीका अध्यक्ष सिके राउत पनि सप्तरी २ बाटै उम्मेदवार बन्ने तयारीमा छन् । २०७४ सालको निर्वाचन बहिष्कार गरेका राउतले उपेन्द्र यादवसँग चुनावी मैदानमा भिड्ने तयारी गरेका हुन् ।

यसभन्दा अघि रावतले काठमाण्डु आएर यादव र ठाकुरसँग चुनावी गठबन्धनबारे छलफल गरेका थिए । तर, यादव र ठाकुर सकरात्मक नदेखिए पछि उनी सप्तरी २ नै चुनाव लड्ने भएका हुन् । उक्त  क्षेत्रमा रावतले चुनावी अभियान तिव्र गरिरहेका छन् । रावत गत महिना देखि नै चुनावी मैदानमा होमिएका छन् । 

Tags: राजनिति

Discussion about this post

Related Posts

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

साथसाथ सिकाई सञ्जाल परियोजनाको सामाजिक परीक्षण सम्पन्न, मानवअधिकार रक्षकको सशक्तीकरणमा जोड

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

सापु रोगको जोखिम बढ्दै, जनकपुरधाममै शल्यक्रिया सेवा सञ्चालन गर्नुपर्ने माग

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

भारतको हरियाणामा बन्धक बनाइएका महोत्तरी १६ नेपालीको उद्धार, स्वदेश फिर्ताको प्रक्रिया सुरु

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

शहिद परिवार र घाइतेको अधिकार सुनिश्चित गर्न माग गर्दै मधेस भवन अगाडि धर्ना

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

सभापतिलाई कारबाही गरिएपछि रास्वपा धनुषा अधिवेशन अनिश्चितकालका लागि स्थगित

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

“एउटा रुख आमाको नाम” नारा सहित डिपिएल जनकपुरधामद्वारा एक महिने बृहत् वृक्षारोपण कार्यक्रम शुभारम्भ

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

पार्टीलाई संगठित बनाएर जनतामाझ जानूस् : अध्यक्ष ओली

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

गृहमन्त्री सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले पद तथा गोपनियताको शपथ

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

मधेसमा मदिरा र गुटखा पूर्ण प्रतिबन्ध गर्न पूर्वमन्त्री महेन्द्र यादवको माग

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

रास्वपा जनकपुरधामको नगर सभापतिमा ललन कुमार नायक निर्वाचित

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!