भदौ २० गते। मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालका लागि ठूलो मात्रामा कर्मचारी माग गरिएको छ । अस्पतालको नवनिर्मित भवनबाट सेवा प्रवाह गर्नको लागि विभिन्न तहका लागि १४९ जना कर्मचारी माग गरिएको हो ।
प्रतिष्ठानले आज आइतबार एक सूचना जारी गरी विभिन्न तहका लागि १४९ जना कर्मचारी माग गरेको हो । जारी सूचनामा योग्यता पुगेका नागरिकले सूचना जारी भएको ७ दिन भित्र अर्थात भदौ १९ गतेदेखि २६ गतेभित्र आवेदन दिनुपर्ने उल्लेख गरिएको छ ।
हेटौंडा अस्पतालको नयाँ भवनबाट सेवा सुचारु गर्न लोक सेवा आयोगबाट पदपुर्ती नभएसम्मको लागि करारमा कर्मचारी माग गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानले अस्पतालका लागि स्टाफ नर्स ४५ जना, हाउस अफिसर १५ जना, हेल्थ असिस्टेन्ट र डाटा इन्ट्री तथा क्यासियर ११/११ जना जना, अस्पताल व्यवस्थापक, आयुर्वेद चिकित्सक, लोखा अधिकृत, मेडिकल रेकर्डर अधिकृत, बायोमेडिकल इन्जिनियर, मेडिकल रेकर्डर सुपरभाईचर, प्रशासन सहायक, प्लम्बर, फिजियोथेरापी सहायक, बायोमेडिकल सेक्निसियन र आयुर्वेद सहायक एक/एक जना माग गरेको छ ।
यसैगरी, नर्सिङ्ग अधिकृत ८ जना, फार्मेसी असिस्टेन्ट ७ जना, सामाजिक सेवा ईकाइ सहजकर्ता र सि.एस.एस.डी. सहायक ६–६ जना, रेडियोग्राफि टेक्नोलोजिष्ट, ल्याब टेक्नोलोजिष्ट, डेन्टल आईजिनिष्ट र रेडियोग्राफर ४/४ जना, ओ.टी. टेक्निसियन ३ जना माग गरेको छ । एनेस्थेसियन सहायक, इलेक्टीसियन, फार्मसिष्ट, एनेस्थेसिया अधिकृत र प्रशासनिक अधिकृत दुई/दुई जना माग गरिएको छ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post