काठमाडौ । कर्मचारी सञ्चय कोषले कर्मचारी माग गरेको छ । कोषलले एक सूचना प्रकाशित गरेर नवौं तहदेखि चौथो तहसम्मका लागि आवेदन मागिएको छ ।
कोषलले लोकसेवा आयोगको सहमतिमा मंगलबार दरखास्त आह्वान गरेको हो ।कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धकसम्मका पदमा ५८ जनाका लागि जागिर खुलाएको छ ।
जसमध्ये सहायक पदमा २४ जना, सबइन्जिनिर १ जना, प्रमुख सहायक १, सहायक प्रबन्ध (कानुन) १, सहायक प्रबन्धक २३ जना, उपप्रबन्धक (वित्त विश्लेषक) २ जना, उपप्रबन्धक ३ जना, प्रबन्धक २ जना वरिष्ठ प्रबन्धक १ जनाका लागि जागिर खुलाएको छ ।
यससँगै योग्य तथा इच्छुक उम्मेदवारले यो सूचना प्रकाशित भएको मितिले २१ दिनभित्र आवेदन दिन सक्नेछन् । साथै, सो मितिसम्म दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त दिन सक्ने व्यवस्था रहेको सूचनामा जनाइएको छ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post