अरुण कुमार यादव/राजविराज/वैशाख ११ गते। अगामी वैशाख ३० गते हुने स्थानिय तह निर्वाचनको लागि स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालय आज प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा निरिक्षण गरिएको छ ।

सप्तरीका प्रजिअ गौतमसहितका टोलीले सप्तरीको पुर्वी क्षेत्रमा रहेको हनुमानगर कंकालिनी नगरपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालय, हनुमानगर कंकालिनी नगरपालिका वडा नं. ३ स्थित पोर्ताहामा रहेको निर्वाचन अधिकृतको कार्यालयको निरिक्षण गर्नुभएको छ ।

सो क्रममा प्रजिअ गौतमले अगामी स्थानियतहको निर्वाचनलाई सफल कसरी बनाउने भन्ने बिषयमा स्थालगत निरिक्षण एवम निर्वाचन अधिकृतहरुबाट निर्वाचनको गतिबिधिहरु बरे जानकारी लिनुभएको छ ।
यस्तै तिरहुत गाउँपालिकामा रहेको निर्वाचन अधिकृतको कार्यालयमा समेत स्थलगत निरिक्षण गरि त्यहाँ निर्वाचनको समानहरु जुटियाउन र मतदाताहरुलाई सुबिधा हुनेगरि सुरक्षा ब्यवस्था बारे समेत प्रजिअ गौतमले निर्देशन दिनुभयो । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष तथा भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्य अनुरुप उक्त ठाउँमा स्थलगत निरीक्षण, अनुगमन गरिएको जनाइएको छ ।

जिल्लाकै महदेवा गाउँपालिकामा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयमा समेत गएर प्रजिअ गौतम सहितको टोलीले निर्वाचन शान्तिपुर्ण र भयरहित तथा निर्वाचनमा खटिने कर्मचारीहरुको अवस्था, निर्वाचन सकिएपछि मतपेटिका राखिने भवनको समेत निरिक्षण गर्नुभयो ।
निर्वाचन नजिकिदै गरेको अवसथमा प्रजिअ गौतमसहित जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अविनारायण काफले,राष्ट्रिय अनुसन्धान आयोग राजविराजबाट महेश दास र राष्ट्रिय समाचार समिति(रासस)का समाचारदाता अरुण कुमार यादव लगायतकाले निर्वाचन अधिकृतको कार्यालय निरिक्षण गरेका थिए ।

















Discussion about this post