चैत २६ गते। जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले आज एक सूचना जारी गर्दै कनिष्ठ अधिकृत र कनिष्ठ सहायक पदका लागि कर्मचारी माग गरेको हो ।
संस्थाले कनिष्ठ अधिकृत पदका लागि प्रवीणता प्रमाणपत्र तह वा सो सरह परिक्षा उतिर्ण गरि बैंक तथा वित्तीय संस्थामा वरिष्ठ सहायक पदमा ३ बर्षको कार्य अनुभवी कर्मचारी माग गरेको छ भने कनिष्ठ सहायक पदका जसका लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसइई उत्तिर्ण गरि बैंक तथा वित्तीय संस्थामा ६ महिनाको अनुभव भएको कर्मचारी मागेको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैशाख ०९ गते भित्र यस वित्तीय संस्थाको वेबसाईट www.jalpamf.com बाट फारम प्राप्त गरि फारम अनुसारको विवरण भरी केन्द्रिय कार्यालयको ठेगानमा पठाई वा संस्थाको ईमेल [email protected] मार्फत अनलाईन आवेदन दिन सकिनेछ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post