काठमाडौ/चैत २ गते । स्टाफ नर्सको तयारी पुरा भएको छ भने तपाईका लागि अब सुनौलो अवसर खुलेको छ । लोकसेवा आयोगले ३०० स्टाफ नर्सका लागि विज्ञापन खुला गरेको छ । सूचनामा ३०० जना स्टाफ नर्स आवश्यक भएको उल्लेख छ ।
बुधबार सूचना प्रकाशित गर्दै आयोगले खुलातर्फ १६५, महिलातर्फ ४५, आदिवासीरजनजातितर्फ ३६, मधेसीतर्फ २९, दलिततर्फ १३, अपांगता भएकातर्फ सात र पिछडिएको क्षेत्रतर्फ पाँच गरी ३०० जनाका लागि विज्ञापन खुलाएको हो ।
मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उत्तीर्ण गरेका व्यक्तिले अनलाइन आवेदन दिन पाउने आयोगले जनाएको छ । आवेदन दिन सूचनामा उल्लेख भएका कागजात पेश गर्नुपर्नेछ ।
हेर्नुहोस सूचना






















Discussion about this post