फागुन २० गते। नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागेको छ। बैंकले रिक्त रहेका सहायक प्रबन्धक तथा सहायक तहका लागि आवेदन माग गरी विज्ञापन खुलाएको हो। बैंकले केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो।
लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८/७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको स्थानमा आवेदन मागेको हो।
बैंकले विभिन्न पदमा कुल २७२ पदसंख्यामा रोजगारीको अवसर खुलाएको हो । बैंकले सहायक प्रबन्धक, सहायक प्रबन्धक (आइटि), सहायक प्रबन्धक (सिए), सहायक, सहायक आइटि, कनिष्ठ सहायक पदको लागि विज्ञापन खुलाएको हो ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजातसहित चैत १० गते भित्र बैंकको वेबसाइट http://nepalbank.com.np/ को करियरमा अप्लाई अनलाईन वटमा क्लिक गरी त्यहाँ राखिएको निर्देशन अनुसार भर्न सकिन्छ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस
















Discussion about this post