फागुन १० गते। केन्द्रीय तथ्यांक विभागले ६ हजार ३०३ जना कर्मचारीका लागि आवेदन माग गरेको छ । विभागले सुपरीवेक्षक १२८० जना र गणक ५०२३ जना माग गरेको हो ।
विभागले शूरु हुन लागेको कृषि गणना–२०७८ का लागि तथ्यांक संकलन गर्नुपर्ने भएकाले सुपरिवेक्षक र गणक पदमा कर्मचारी आव्हान गरेको हो ।
सुपरिवेक्षकका लागि शैक्षिक योग्यता लागि मान्यता प्राप्त संस्थाबाट स्नातक तह तथा गणकको लागि प्रविणता पत्रतह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने छ । साथै, कृषि विज्ञान वा तथ्याक विषय लिई अध्ययन गरेको, राष्ट्रिय स्तरका गणनामा कार्य अनुभव भएको तथा सम्वन्धित स्थानीय निकायमा बसोबास गरेकोलाई विशेष प्रथामिकता दिने विभागले जनाएको छ ।
योग्यता पुगेका ईच्छुक ब्यक्तिले सूचना प्रकाशित भएको मितिले २८ दिनभित्र अर्थात् आगामी चैत्र ७ गतेभित्र विभागको अनलाईन जनशक्ति भर्ना प्रणालीमा आवेदन दिनुपर्ने छ ।
हेर्नुहोस भ्याकेन्सी नोटिस






















Discussion about this post