माघ १८ गते। नेपाल राष्ट्र बैकका लघुवित्त सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारीले लघुवित्तको भविष्य उज्वल रहेको बताएका छन् । माईक्रोफाईनान्स एसोसिएसन अफ नेपाल(एमफान) ले आईतवारदेखि आयोजना गरेको २ दिने एनएफआरएस तालिमको उद्घाटन गर्ने क्रममा बोल्दै निर्देशक अधिकारीले गाउँ गाउँमा वित्तिय पहुँच पुर्याउदै गरिवी न्यूनीकरणका लागी लघुवित्तहरुले भुमिका खेलेको भन्दै यस क्षेत्रको भविष्य उज्वल रहेको बताएका हुन् ।
लघुवित्तहरुले गाउँगाउँका महिलाहरुमा उद्यमशिलता विकास र शशक्तिकरण बढाएकोले यस क्षेत्रको दिगो विकासका लागि नेपाल राष्ट्र बैंकले योजनाहरु बनाईरहेको उनले बताए । दिगो रिसोर्स नभएका कारण लघुवित्तलाई समस्या रहेको स्विकार गर्दै नेपाल सरकार र नेपाल राष्ट्र बैंक मिलेर दिगो कोषको व्यवस्थापन गर्न नेपाल राष्ट्र वैक लागिरहेको उनले बताए ।
कार्यक्रममा माईक्रोफाईनान्स एसोसिएसन अफ नेपालका अध्यक्ष जगतबहादुर पोखरेलले नेपाल राष्ट्र वैकको निर्देशन ईमान्दार भएर पालना गर्ने प्रतिबद्दता जनाएका छन् । राष्ट्र बैंकको निर्देशन आफुहरु ईमान्दार भएर पालना गर्ने तर नेपाल सरकार र राष्ट्र बैंकले गरिवी न्युनिकरणका लागी लघुवित्तलाई प्राथमिकतामा राख्नु पर्ने उनले बताए । नेपाल लघुवित्त बैकर्स संघका अध्यक्ष प्रकाश राज शर्माले लघुवित्तका लागि पोलिसी र दिगो रिसोर्सको समस्या भएकोले यसमा ध्यान दिन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।
पार्कभिलेज रिसोर्ट बुढानिलकण्ठमा विभिन्न लघुवित्तका आन्तरिक लेखापरिक्षण विभाग प्रमुख र वित्त विभाग प्रमुखहरुका लागि २ दिनसम्म एफसिए महेश गोदार र एफसिए बिदुर लुईटेलले एफआरएस सम्वन्धी तालिम दिने आयोजक संस्था एमफानका कार्यकारी प्रमुख रविन पोखरेलले जानकारी दिएका छन् ।
स्रोत-बिजपति बाट














Discussion about this post