nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अझै फेला परेन चार महिनादेखि बे पत्ता बनेकी एनएमबी लघुवित्तका कर्मचारी मनकुमारी , कसरी हराइन् मनकुमारी ?

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ९, २०७८, ८:२० मध्यान्ह
अझै फेला परेन चार महिनादेखि बे पत्ता बनेकी एनएमबी लघुवित्तका कर्मचारी मनकुमारी , कसरी हराइन् मनकुमारी ?

काठमाडौँ,माघ ९ गते । चार महिनादेखि बे पत्ता बनेकी एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारीको खोजीका लागि प्रहरीको विशेष टोली परिचालित भएको छ ।

प्रदेश १ प्रहरी कार्यालयको उक्त टोली मङ्गलबारदेखि परिचालित भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । दुई विज्ञ र दुई प्रहरीसहित चार जनाको टोली घटनास्थलमा पुगेर अध्ययन गरिरहेको बताइएको छ । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी असोज ८ गते अपराह्न ४ः२५ देखि बे पत्ता बनेपछि खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख एवं प्रहरी नायब उपरीक्षक कवित कटवालले बताए ।

लघुवित्तको मासिक बैठक सञ्चालनका माप्य दूधकोसी–७ को सोलावनबाट हाकुला झर्ने क्रममा बे पत्ता बनेको प्रहरीको अनुसन्धानबाट खुल्न आएको उनको भनाइ छ । सम्पर्कविहीन बनेको खबर पाउनासाथ प्रहरी र स्थानीयले खोजीकार्य जारी राखेको भए पनि अहिलेसम्म उनको अवस्था अज्ञात भएकाले विज्ञ टोली परिचालित गर्नुपरेको प्रहरी नायब उपरीक्षक कटवालको भनाइ छ । अब उक्त टोलीको रिपोर्टपछि सिआइबीको टोली परिचालित गरिने बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार असोज ८ गते अपराह्न ४ः२२ मा साथीलाई सन्देश पठाएको र ४ः२५ देखि मोबाइल अफ भएको छ । मासिक बैठक सञ्चालनका लागि माप्यदूधकोसी–६ र ७ वाकुमा दुई जना कर्मचारीसँगै गएको भए पनि सोलावनबाट हाकुला झर्नेेक्रममा एक अर्का छुट्टिएपछिको अवस्था थाहा नभएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

सम्पर्कविहीन भएको थाहा हुनेबित्तिकै स्थानीयवासी, वाकु प्रहरी चौकी, इलाका प्रहरी कार्यालय सोताङकाट प्रहरी निरीक्षक नवन राईको टोली परिचलान भए पनि पत्ता लगाउन नसकेपछि असोज ११ गते जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो । अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको थियो भने एक हप्तापछि प्रहरी निरीक्षक नवीन राईको टोलीसमेत फर्केको थियो ।

कसरी हराइन् मनकुमारी ? 

एनएमबी लघुवित्त वित्तीय संस्थाका अनुसार हरेक महिनाको ७ गते बिहान माप्यदूधकोसी गाउँपालिका–७ हाकुलमा मासिक बैठक सञ्चालन हुन्छ । मनकुमारीसँगै उक्त बैठक सञ्चालनका लागि वाकु जानुभएकी कमला बस्नेतका अनुसार असोज ६ गते आज उनीहरू वाकु पुगेका छन् । उनका साथमा रु चार लाख १२ हजार बढी रकम रहेको बताइएको छ ।

“७ गते बिहान हाकुलामा बैठक सकेर सोही वडाको सोलाबनमा पनि बैठक सञ्चालन गर्न दुवै जना पुग्यौँ”, कमलाले भनिन्, “बेलुका सोही गाउँको एक जना शेर्पा दाइकामा बास बस्यौँ र भोलिपल्ट असोज ८ गते फेरि हाकुला नै फर्किंदै गर्दा मनकुमारीले खास्बरी दिदीकामा किस्ता लिन जान्छु भनेर बीचबाटो बाट तल झर्नुभयो ।”

७ गते रातिदेखि आफू बिरामी परेको कमलाले सुनाइन् । “म बिरामी भएकाले गर्दा माथिबाटै भीम दाइकामा आउँदै थिए, ४ः२२ मा मनकुमारीको म्यासेज आयो भीमदाइकामा गएर बस्दै गर्नु है भन्ने”, कमलाले भनिन्, “मनकुमारी तलबाट आउनुहुन्छ भन्ने लाग्यो म भीम दाइकामा गएर बसे तर आइनन् अनि मलाई गाह्रो भएर घर जान बाइक भने त्यो बेला ७ बज्न लागेको थियो, उनलाई फोन गरेको अफ थियो ।”मनकुमारीको मोबाइल अफ भएपछि गाउँमा हल्लाखल्ला भएको कमलाको भनाइ छ तर पनि आफूलाई स्वास्थ्यमा समस्या भएकाले बाइक बोलाएर घर हिँडेको भए पनि बीच बाटोबाट प्रहरीले फर्काएको उनको भनाइ छ ।

प्रहरीलाई अनुसन्धानमा चुनौती – घटनास्थलको अवस्था, मनकुमारीले प्रयोग गरेको मोबाइल नम्बर, फेसबुक म्यासेज लगायतलाई आधार मान्दा आजसम्म घटनाका बारेमा कुनै पनि प्रमाण जुट्न नसकेको सोलुखुम्बु प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार कमला बेपत्ता भएको क्षेत्रमा कुनै विशाल जङ्गल, खोला र भिरसमेत छैन । सामान्य जङ्गल रहेको भए पनि नजिकै छ, सात वटा गोठ रहेको र केही नजिक बस्ती भएका कारण अप्रिय घटना हुन नसक्ने स्थानीयको अनुमान छ । स्थानीयवासी भीमराज राईका अनुसार त्यस वरपर प्रहरीसहित गाउँले सबैले लगातार खोजीकार्य जारी राखेको भए पनि केही पनि फेला परेको छैन ।

साभार स्रोत-नुवाकोट एक्सप्रेस बाट

Tags: अर्थ/बाणिज्य

Discussion about this post

Related Posts

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा आपसी आपसी सद्भाव कामय गर्न आग्रह

प्रदेश २ सहित देश भर ‘विप्लव’को बन्दले जनजीवन प्रभावित

जनकपुरमा अनिश्चितकालीन कर्फ्युको प्रभाव: शुक्रबार विद्यालयहरूमा पठनपाठन बन्द रहने

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

सुनसरीको देवानगञ्ज घटनामा घाइते युवकको पनि मृत्यु, मृतकको संख्या २ पुग्यो

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा प्याकुरेल नियुक्त

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

कप्तानगञ्ज घटनालाइ लिएर बिराटनगरमा पनि प्रदर्शन

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

प्रभु बैंककी पूर्व सीईओ रश्मी पन्त पक्राउ

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

बहुप्रतिक्षित चलचित्र ‘रामायण’ को ट्रेलर सार्वजनिक,हेर्नुहोस ट्रेलर

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

र्‍यापर बादशाहको वैवाहिक जीवनमा खटपट, दोस्रो पटक सबन्ध बिच्छेद हुदैँ

आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय मित्रता दिवस मनाइँदै

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!