nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बैंकमा कोरोनाको प्रभाव ६ हजार कर्मचारीमा संक्रमण, मधेस प्रदेशको सहित गरेर सयभन्दा बढी शाखाको सेवा ठप्प

सजिलो पोस्ट सजिलो पोस्ट
माघ ९, २०७८, ७:०१ मध्यान्ह
बैंकहरुमा फेरि ‘वर्क फ्रम होम’ लागू (राष्ट्र बैंकको परिपत्रसहित)

काठमाडौं/माघ ९ गते । कोरोना महामारीको तेस्रो लहरका कारण देशभरको बैंकिङ तथा वित्तीय सेवा प्रभावित हुन थालेको छ । बैंकका कर्मचारीहरुमा संक्रमणदर बढ्दै मात्रै गएको छैन, सबैजसो कर्मचारी संक्रमित भएपछि बैंकहरुका थुप्रै  शाखाले त सेवा नै बन्द गर्नु परेको छ ।

राष्ट्रिय वाणिज्य वाणिज्य बैंकको सुर्खेत शाखा कार्यालयमा कार्यरत सुरक्षा गार्डलाई गत २ माघमा कोरोना संक्रमण पुष्टि भयो । बैंकको सबैभन्दा फ्रन्टलाइन (पहिलो घेरा) मा रहेका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीहरुलाई पनि परीक्षण गरियो । कोरोना परीक्षण गर्दा अन्य कर्मचारीहरु पनि संक्रमित भए । राष्ट्रिय वाणिज्य बैंकको सुर्खेत शाखामा १८ जना कर्मचारीहरु कार्यरत छन् । पटक-पटकको परीक्षणमा १८ मध्ये १४ जना कर्मचारीहरुमा संक्रमण पुष्टि भयो । बाँकी चार जनामा पुष्टि नभए पनि केही संकेत भने देखिएको थियो । बैंकका शाखा प्रमुखसहित अधिकांशमा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालय नै बन्द गर्नुपर्‍यो । तीन दिन पूर्णरुपमै शाखा कार्यालयहरु बन्द भयो । चौथो दिनको दिन भने २/३ जना कर्मचारीहरु राखेर केही सीमित सेवाहरु मात्रै प्रवाह गरेको बैंकले जनाएको छ ।

नेपाल बैंकर्स संघको तथ्यांकअनुसार राष्ट्रिय वाणिज्य बैंकका १६ वटा शाखा कार्यालयहरु कोरोना संक्रमणका कारण पूर्ण बन्द रहे । राष्ट्रिय वाणिज्य बैंक आफैले दिएको जानकारी अनुसार आइतबार पनि १५ वटा शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द रहनेछन् । प्रदेश १ को विराटनगर र बसन्तपुर शाखा बन्द छन् भने मधेश प्रदेशका कठौंना, ईश्वनाथ, राजविराज र लाहान शाखा बन्द छन् ।

यसैगरी बागमती प्रदेशका भरतपुर, कोटेश्वर, बलम्बु साथै गण्डकी प्रदेशका भच्चेक, फलेवास, बेनी, कुश्मा, आबुखैरेनी, तालचोक शाखा कार्यालयहरु आइतबार बन्द छन् । सुदुरपश्चिम प्रदेशको मंगलसेन शाखा कार्यालय समेत आइतबार बन्द रहने बैंकले वेबसाइटमार्फत जानकारी दिएको छ ।

नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माका अनुसार आइतबारसम्म करिब ६ हजार बैंकका कर्मचारीहरु संक्रमित छन् । विहीबारसम्मको तथ्यांकअनुसार ६७ शाखा कार्यालयहरु पूर्ण रुपमा बन्द थिए । तर आइतबार यो बढेर सय नाघेको कार्यकारी निर्देशक शर्माले बताए । बैंकका सबै कर्मचारीहरुलाई संक्रमण पुष्टि भएपछि ती शाखा कार्यालयहरुबाट बैंकिङ सेवा नै ठप्प छन् ।

हालसम्म नबिल बैंकको सबैभन्दा धेरै शाखा कार्यालयहरु बन्द छन् । संघले दिएको जानकारी अनुसार १९ वटा शाखा कार्यालयहरु कोरोनाका कारण बन्द गर्नु परेको छ । आइतबारको तथ्यांक भने अपडेट भइसकेको छैन । उता एनआईशी एशिया बैंकका पनि कतिपय शाखा कार्यालयहरु बन्द छन् । प्राइम कमर्सीयल बैंकको चावाहिल शाखा कार्यालय पनि बन्द छ । ग्लोबल आइएमई बैंकको बानेश्वरमा रहेको शाखा कार्यालय समेत बन्द गर्नु पर्ने अवस्थामा पुगेको थियो । यी बैंकहरु प्रतिनिधिमात्रै हुन् । सञ्चालनमा रहेका २७ वट वाणिज्य बैंकहरु सबै कोरोनाका कारण निकै ठूलो समस्यामा छन् । कतिपय शाखाहरुबाट पूर्ण सेवा नै बन्द गर्नु पर्ने अवस्थामा पुगेको छन् भने कतिपय बन्द हुने सम्भावना देखिएको छ ।

जताततै संक्रमण

‘क’ वर्गका वाणिज्य बैंकहरुमात्रै होइन ‘ख’ वर्गका विकास बैंक, ‘ग’ वर्गका फाइनान्स कम्पनीहरु र ‘घ’ वर्गका लघुवित्तहरुमा समेत कोरोनाका कारण सेवा प्रवाहमा समस्या छ । विकास बैंकका प्रमुख कार्यकारी अधिकृतहरुको छाता संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसनका अध्यक्ष प्रद्युमन पोखरेल अहिले धेरै बैंकका कर्मचारीहरुमा संक्रमण देखिएको बताउँछन् । सकेसम्म उच्च सुरक्षा सावधानी अपनाएर विकास बैंकहरुले सेवा दिइरहेको उनले बताए ।

वाणिज्य बैंकहरु जस्तै केही विकास बैंकका शाखा कार्यालयहरु पनि संक्रमणका कारण बन्द गर्नुपर्ने अवस्था रहेको उनले बताए । कतिपय बैंकहरुमा कर्मचारी परिवर्तन गरेर पनि सेवा दिनु परेको उनले सुनाए ।

‘यतिसम्म छ की एउटा शाखामा संक्रमित भेटियो, उसलाई आइसोलेसनमा राखेर त्यहाँ अर्को कर्मचारी पठाइयो’  उनले भने, ‘ तर, त्यहाँ गएका कर्मचारीहरुमा पनि संक्रमण पुष्टि भयो ।’अहिले धेरैलाई संक्रमणले समस्यामा पारेको भन्दै उनले सबैले जोगिएर काम गर्नुको विकल्प नरहेको सुनाए ।

साभार स्रोत-अनलाइन खबर बाट

Tags: बैंक तथा बित्त

Discussion about this post

Related Posts

कांग्रेसभित्रको विभाजन अन्त्य गरी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्छ : विमलेन्द्र निधि

कांग्रेसभित्रको विभाजन अन्त्य गरी १५औँ महाधिवेशन एकताबद्ध रूपमा सम्पन्न गर्नुपर्छ : विमलेन्द्र निधि

परोपकारले नै सभ्य समाज र समुन्नत राष्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख लाभ

परोपकारले नै सभ्य समाज र समुन्नत राष्ट्र निर्माण हुन्छ : प्रदेश प्रमुख लाभ

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

ग्यास बिक्रेता संघको धनुषाको छैटौँ साधारणसभा जनकपुरधाममा सम्पन्न

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

गर्मिमा छाला जाेगाउने घरेलु उपाय, जाे सबैभन्दा सस्ताे छ

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

नियमित गाजँर खानुहाेस्, १० फाइदा लिनुहाेस्

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

कुम्हार कुटीको महन्थ नियुक्ति जग्गा लेनदेनको आरोप, आरोपित पक्षद्वारा खण्डन

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

एमालेले पार्टी पुनर्गठनका लागि प्रदेशबाट सुझाव सङ्कलन सुरु गर्याे

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

भारतीय वायुसेनाको बिमान दुर्घटना, ५ जनाको मृत्यु

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!