काठमाडौं/पुस २७ गते । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूलाई कोरोना सङ्क्रमणको जोखिम न्यूनीकरण गर्ने मापदण्ड कडाइका साथ पालना गर्न निर्देशन दिएको छ।
बैंकले सोमबार एक सूचना जारी गर्दै बैंकबाट इजाजतपत्र प्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई सुरक्षित रुपमा सेवा प्रवाह गर्न निर्देशन दिएको हो । बैंकले राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ ले दिएको अधिकार प्रयोेग गरी निर्देशन जारी गरेको जनाएको छ ।
नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोमिखलाई न्यूूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने, सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्ने निर्देशन दिएको हो ।
यस्तैगरी, बैंक तथा वित्तीय संस्थाद्धारा संचालित एटीएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्था गर्ने तथा बैंक तथा वित्तीय संस्थाबाट सञ्चालन गरिने बैंठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने वा यस्ता कार्यक्रम सकभर भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको हो ।















Discussion about this post