सप्तरी/पुस १८ गते। सप्तरीमा दुईवटा मोटरसाइकल एक आपसमा ठोक्किदामा दुई जनाको मृ त्यु भएको छ भने चार जना घाइते भएका छन्।
सप्तकोशी नगरपालिका वडा नम्बर ४ तुलसी टोलस्थित कञ्चनपुर-फतेपुर सडक खण्डमा स.५प ३११८ र को. २२ प १५५८ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँखा दुबै मोटरसाइकल चालकको ज्या न गएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।
दुर्घटनामा परी स.५प ३११८ नम्बरको मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका वडा नं. ७ का सुभास बस्नेत र को. २२ प १५५८ नम्बरको मोटरसाइकल चालक उदयपुरको चौदण्डीगढी नगरपालिका-९ भिमा टोलका २८ वर्षीय हरिशंकर चौधरीको मृ त्यु भएको हो । दुवैको उपचारको क्रममा बिराटनगरमा मृ त्यु भएको काफ्लेले बताए ।
दुर्घटनामा मृतक बस्नेतकी पत्नी ममता सापकोटा, उनका ८ वर्षीय छोरा सम्मर बस्नेत, एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् ।
चौधरीको मोटरसाइकलमा सवार सप्तरीको सप्तकोशी नगरपालिका वडा नम्बर ९ बस्ने ३५ वर्षीय रोहित चौधरी पनि घाइते भएको र उनीहरुको स्थानीय स्तरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।















Discussion about this post