धनुषा/पुष १ गते । धनुषामा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृ त्यु भएको छ । .
मृ त्यु हुनेमा उदयपुरको कटारी नगरपालिका–७, बस्ने २७ वर्षिय विकास विश्वकर्मा रहेका छन् ।
जिल्लाको मिथिला नगरपालिका १० लालगढस्थित पूर्व–पश्चिम लोकमार्गमा पूर्वबाट नेपालगञ्जतर्फ गइरहेको बा ६ प २५५९ नम्बरको बस र विपरित दिशाबाट आइरहेको बा ५९ प ६८८९ नम्बरको मोटरसाइकल बिहिबार दिउँसो एकापसमा ठोक्किँदा घटनास्थलमै विश्वकर्माको मृ त्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदिप सुवेदीले जानकारी दिनुभयो ।
बस र बसचालक बाँकेको कोहलपुर नगरपालिका १२ बस्ने सीताराम पाण्डेलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सुवेदीले बताउनुभयो । श व पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको छ ।





















Discussion about this post