महेश सिंह/सिरहा/मंसिर ११ गते।सिरहाको लहानमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी बृहत जिल्ला कार्यकर्ता भेला सिरहाको लहानमा सम्पन्न भएको छ। एकीकृत समाजबादीका युवा नेता प्रमोद कुमार यादवको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो भने प्रमुख अतिथिमा
नेपाल सरकारको पुर्व प्रधानमन्त्री तथा एकीकृत समाजबादी पार्टीका केन्द्रिय अध्यक्ष माधव नेपाल रहनु भएको थियो।
अतिथिहरु युवा नेता उतर बहादुर मगर, प्रभाव सालिन नेता सत्यनारायण यादव प्रदेश सांसद अशोक कुमार यादव सखुवानान्कारकट्टी गाउँपालिकाका अध्यक्ष केदार नाथ यादव
लगायतका दर्जनौं हजारौं नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियोे।
प्रमुख अतिथि नेपालका अनुसार युवा युवती किसान मजदुरहरुको पार्टी नै एकीकृत समाजबादी पार्टी हो यो पार्टी नै सबै बर्ग समुदायको काम गर्ने भएकोले यो पार्टीलाई नै आउने चुनावमा मतदान गर्न जनसमुदायमा आग्रह गरेका थिए।
बिशिस्ट अतिथि प्रदेश सांसद अशोक कुमार यादवका अनुसार नेपालमा सब भन्दा इमानदारहरुको पार्टी एकीकृत समाजबादी पार्टी नै हो भन्दै चर्चा गरेका थिए।सिरहा पहिलो पार्टीको रूपमा उक्त पार्टी नै भन्दै टिप्पणी गरेका थिए।
विभिन्न पार्टी प्रवेश गरी सयौं नेता कार्यकर्ताहरुको एकीकृत समाजबादीमा प्रवेश गर्ने लहर नै चलेका छन्। नेपालको पहिलो पार्टीको रूपमा स्थापित भएको पार्टी नेपाल कम्युनिस्ट एकीकृत समाजबादी पार्टी नै हो भन्दै तपाईंहरु भबिस्य नै यहीँ पार्टीमा हो प्रधानमन्त्री नेपालले जनसमुदायमा संन्देश दिएका थिए।















Discussion about this post