धनुषा/मंसिर १० गते।धनुषाको मिथिला नगरपालिका २ नक्टाझिजमा आज विहान विहान बालुवा लोड गरेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको घटना स्थल मै मृ त्यु भएको छ ।
मृ त्यू हुनेमा क्षीरेश्वरनाथ नगरपालिका ७ का २५ वर्षीय चेतन महतो छन् ।बालुवा अनलोड गर्ने क्रममा ज. १ त. ४१७२ नम्बरको ट्रयाक्टरको इन्जिन माथि उठेर इन्जिनले च्यापिएर चालकको मृ त्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा ज १ त ४१७२ नम्बरको ट्रयाक्टरले बालुवा अनलोड गर्ने क्रममा इन्जिन माथि उठेर दुर्घटना भएको थियो । इन्जिन माथि उठ्दा त्यसमा च्यापिएर चालक महतोको घटनास्थल मै मृ’त्यु भएको इप्रका महेन्द्रनगरका इन्चार्ज प्रहरी निरीक्षक तिलक सुनार जानकारी दिए।
महतोको श व पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा थप अनुसन्घान भइरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्र नि तिलक सुनारले बताए।





















Discussion about this post