सप्तरी/मंसिर ९ गते । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कुशहामा बसको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालकको मृ त्यु भएको छ।
दुर्घटनामा मृ त्यु हुने मोटरसाइकल चालक सिन्धुलीको दूधौली नगरपालिका–७ का ४० वर्षीय कुमार बस्नेत रहेको प्रहरीले जनाएको छ ।
बिहीबार दिउँसो १ बजेतिर सप्तरीको सुरुङ्गा नगरपालिका–५ कुशहास्थित पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ३ ख ३१४९ नम्बरको बसले सोही दिशा तर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ०२९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक बस्नेतको उपचारको क्रममा सिरहाको लहान स्थित सप्तऋषि अस्पतालमा मृ त्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए।
ठक्कर दिएर फ रार बस चालककलाई इलाका प्रहरी कार्यालय कडरवोनाले निमन्त्रणमा लिएको उनले बताए।घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।














Discussion about this post