सप्तरी/मंसिर २ गते।सप्तरीको शम्भुनाथ नगरपालिका ५ मोहनपुरमा विग्रिएर रोकी राखेको बसमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृ त्यु भएको छ ।
मृ त्यु हुनेमा मोटरसाइकल चालक सप्तरीकै डाक्नेश्वरी नगरपालिका १ कविलासका अन्दाजी २८ वर्षीय भुपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।
ना ५ ख ८० १० नम्बरको यात्रुबाहक बस विग्रिएर रोकी राखेको थियो। त्यही बसमा प्रदेश २–०१–००१ प २९ ७१ नम्बरको मोटरसाइकल ठोकिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक चौधरीको उपचारको क्रममा गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा मृ त्यु भएको हो । दुबै सवारी साधन सहित बस चालकलाई ईलाका प्रहरी कार्यालय कल्याणपुरले नियन्त्रणमा लिइसकेको छ ।

















Discussion about this post