अरुण कुमार यादव/सप्तरी/कार्तिक २ गते।भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले सप्तरी जिल्लामा निर्माणाधीन अधुरो सडकहरुलाई एक महिना भित्र पूर्णता दिन निर्देशन दिनुभएको छ ।
सप्तरीको राजबिराजस्थित उद्योग वाणिज्य संघको सभाहलमा आज सरोकारवाला निकायका प्रमुख तथा पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रममा उहाँले भौतिक पूर्वधार बिकासमा सप्तरी जिल्ला निकै उपेक्षामा परेको भन्दै तत्काल जीर्ण रहेको सडकहरु पुनः निर्माण चाडो हुनुपर्ने जोड दिनुभयो ।
मन्त्री यादवले हाल हुँदै गरेको स्वास्थ्य, शिक्षा तथा सडकहरूको स्तरोन्नतिको कार्यहरू चाडो सकिन निर्देशन दिदै लामो समयदेखि सडकको काम अवरोध रहेको कामहरु समयमै पुरा गर्नु निर्देशन समेत दिनुभयो ।
आफुले पाएको कार्यभारलाई ईमान्दारीतापुर्वक बहन गर्ने प्रतिबद्धता जनाउदै सडकको दुर्दशाका कारण सप्तरी बासीले सास्ती खेप्दै आएको अवसमा सडकहरु मर्मत हुनुपर्ने जोड दिनुभयो ।
उहाँले भन्नुभयो आफुलाई बर्षौदेखीको सप्तरीबासीको समस्या सामाधान गर्ने महत्त्वपूर्ण अबसर मिलेको छ,मैले पाएको जिम्मेवारी र अधिकारलाई प्रयोग गरि राजबिराज सदरमुकाम जोड्ने सबै सडकको अबस्थामा एक महिना भित्र परिवर्तन देख्ने गरि काम गर्नेछु ।
उहाँले जनतासंग प्रत्येक्ष सरोकार राख्ने सडकको काम अलपत्र छोड्ने कसैलाई छुट छैन,सडक निर्माण नगरी अधुरो राख्ने निर्माण कम्पनी तथा ठेगेदारलाई कालोसूचीमा राखि कारबाही गरिने बताउनुभयो ।
सडक निर्माणको कार्यमा ढिलासुस्ती गर्नु नहुने बताउदै जिल्ला सदरमुकाम जोड्ने ती अधुरा सडकहरुको निर्माण कार्य बारे जानकारी समेत लिनुभएको थियो ।सोही कार्यक्रममा प्रदेश सरकारका सामाजिक विकास मन्त्री नबल किशोर साहले सप्तरीको अधिकाँश सडकहरुको अवस्था जर्जर रहेको अवस्थामा पनि क्षेत्र नं. १ का अधिकाँश सडकहरुले गर्दा सर्वसाधारण अतिनै समस्यामा रहेको बताउनुभयो ।
उहाँले योजनाहरु अधुरो हुनुको कारणबारे जवाफ माग्दै एक महिना भित्र परिणाम आउनु पर्ने बताउँदै समयमा कार्य सम्पन्न नभए त्यस्ता कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गरिने चेतावनी पनि दिनुभयो ।
कार्यक्रममा सडक डिभिजन कार्यालय लहानका डिभिजन प्रमुख राम कुमार देव, हुलाकी सडक परियोजना ईटहरीका प्रमुख बिजय थापा, सडक सुधार तथा बिकास आयोजना बर्दिबासका प्रमुख सुनिल रंजितकार, सप्तरीका बिभिन्न सरकारी कार्यालयका प्रमुखहरु, जनप्रतिनिधिहरु, निर्माण कम्पनीका प्रतिनिधिहरु र जसपाका बिभिन्न तहका नेताकार्यकर्ताहरुको उपस्थित रहेको थियो ।














Discussion about this post