nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सरकारी जागिरले दियो सप्तरीका मुसहर समुदायका युवकलाई सम्मान

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज ३०, २०७८, ८:१६ मध्यान्ह
सरकारी जागिरले दियो सप्तरीका मुसहर समुदायका युवकलाई सम्मान

सुरेश बिडारी/असोज ३० गते । राजकुमार सदा सप्तरीको सुरुङगा नगरपालिका–७ का बासिन्दा हुन् । उनी बाराको आदर्श कोतवाल गाउँपालिकाको कम्प्युटर अपरेटर पदमा कार्यरत छन् । उनले यहाँ जागिर गरेको डेढ वर्ष भयो ।

नेपालमै मुसहर जातिबाट सरकारी सेवामा स्थायी कम्प्युटर अपरेटर बनेका राजकुमारबाहेक अर्को व्यक्ति भेटिएको छैन । सरकारी जागिर खाएपछि समुदायमा राजकुमारलाई हेर्ने दृष्टिकोण नै फेरिएको छ । उनको समुदायबाहिर पनि उनलाई इज्जत र सम्मान दिन्छन् ।

कार्यालयमा उनले दलित भनेर हेपिनुपरेको छैन । शिक्षा आर्जन, सरसफाइ र खानपिनमा ध्यान दिँदा समाजमा इज्जत प्रतिष्ठा बढ्दै गएको उनले अनुभूति गरेका छन् ।

राजकुमारको परिवारमा आमा बुबा, श्रीमती, छोराछोरीसहित ८ जनाको परिवार छ । दुई बहिनीको विवाह भइसकेको छ । उनलाई सानैदेखि पढाइमा औधी रुची थियो । दैनिक गुजारा चलाउन ज्यालादारी गर्नुपर्ने, वस्तुभाउ चराउन जानुपर्ने भएपनि उनले पढाइ छोडेनन् ।

गाउँमा ५ कक्षासम्म मात्रै पढाइ हुन्थ्यो । त्यसपछि डेढ घण्टा टाढाको कुशाहास्थित मसीलाल जनता माविमा पढ्नुपर्थ्यो। ०६३ सालमा द्वितीय श्रेणीमा एसएलसी उतीर्ण गरेका उनले जेएस मुरारका क्याम्पसबाट प्लस टु सके। त्यसपछि निजी विद्यालयमा पढाउँदै अंग्रेजीमा स्नातक पास गरे र ६ महिने कम्प्युटर डिप्लोमा कोर्स पूरा गरे ।

‘वोर्डिङ स्कुलमा काम गर्दा समयमा तलब दिँदैनथे । यत्रो पढेर पनि के यस्तो काम गर्छौ भनेर दैनिक ज्यालादारीमा पनि कसैले नबोलाउने’ राजकुमार पुराना दिन सम्झन्छन्। उनले सरकारी जागिर खाने अठोट गरे, तर पटक पटक लोकसेवा आयोगको परीक्षाको फारम भर्न र गुजारा चलाउन उनले ऋण लिनुपर्‍यो ।

कहिले सासुससुरा त कहिले साथीसग पैसा सापट मागेर उनी लोकसेवा आयोगको फारम भरेको र परीक्षा दिन गएको उनी राजकुमार बताउँछन् ।

पाँचौ पटकमा सफलता

राजकुमारले २०७३ सालमा नायब सुब्बासरहको कम्प्युटर अपरेटरका लागि लोक सेवा आयोेग धनकुटा कार्यालयमा पुगेर फारम भरे । लिखित परीक्षा पास गरे पनि अन्तर्वार्तामा असफल भए।

२०७४ सालमा फेरि लोक सेवा आयोगको खोटाङ कार्यालयबाट सहायक कम्प्युटर अपरेटर र कम्प्युटर अपरेटर पदमा परीक्षा दिए । सहायक कम्प्युटर अपरेटरमा नाम निस्कियो, तर वैकल्पिकमा।

दुई दुई पटक असफल भएपछि मुसहरको बच्चाले सरकारी जागिर खान सक्दैन भनेर पनि होच्याए । उनलाई पनि नाम निकाल्न सकिँदैन कि भन्ने डर लाग्यो । तर हिम्मत भने हारेनन् । जहाँ जहाँ कम्प्युटर अपरेटरमा भर्ना खुल्छ उनी आवेदन दिन पुग्थे । २०७५ सालमा लोकसेवा आयोगको बुटवल कार्यालय पुगेर कम्प्युटर अपरेटरको परीक्षा दिए । त्यहाँ पनि लिखित परीक्षा पास गरे, अन्र्तवार्तामा फालिए ।

‘जतापनि तनावै तनाव, मनमा अनेक किसिमको नकारात्मक कुराहरु खेल्ने, के गरुँ कसो गरुँ जस्तो हुन्थ्यो ।’ उनी त्यतिबेलाको समय सम्झिन्छन्, ‘तथापि धैर्य र साहस जुटाएँ । अनि स्थानीय तहमा कम्प्युटर अपरेटरको तयारी थालें ।’

२०७६ लोकसेवा आयोगको जलेश्वर कार्यालयले मागेको सहायक पाँचौं तहको कम्प्युटर अपरेटर पदमा भने उनले नाम निकाले ।

पढाइ नै ठूलो कुरा

मुसहर समुदायमा अहिले देखिएको सबैभन्दा ठूलो समस्या विद्यालय छाड्नुरहेको राजकुमार बताउँछन् । उनीसँगै विद्यालय जाने १० जनामध्ये उनी मात्रै अघि बढे । अरुले बीचमै पढाइ छाडे । हिजोआज उनी जागिरबाट बचेको समय आफ्नै समुदायको हितमा लगाउँदैछन् ।

‘मुसहर मात्रै होइन, दलितको छोराछोरीले पनि राम्रो गर्न सक्छ भनेर देखाउनुछ । राज्यमा पहुँच स्थापित गर्नुछ । त्यसका लागि हार मानेर बीचमै मैदान छोड्ने हैन, सफल नहुँदासम्म निरन्तर प्रयास गर्नुपर्छ’ उनी भन्छन् ।

दलित, विपन्न र गरिबले जीवनमा परिवर्तन ल्याउन शिक्षालाई नै औजार बनाउनुपर्ने भोरका अध्यक्ष पचुलाल माझी मुसहर बताउँछन् । ‘पढाइसँगै निरन्तर मेहनत गरी अगाडि बढ्दै गयो भने अवश्य नै लक्ष्यमा पुग्न सकिन्छ’ उनी भन्छन् ।

मुसहर, दलितभित्र पनि अति पिछडिएको जातिमा पर्छ । जग्गा, अवास, घरबार, नागरिकताविहीन रहँदै आएका छन् । रोग, भोग, शोक, बधुवा मजदुर उनीहरुको जीवनको पर्याय हुन्छ ।

ज्याला मजदुरीबाटै दैनिक गुजारा गर्छन् । मुसहर जातिको साक्षरता दर सात प्रतिशत मात्र छ । हालसम्म ९ सय ३१ जनाले मात्रै एसईई उतीर्ण गरेको मुसहर समुदायमा काम गर्दै आएको संस्था भोरको तथ्याङ्कमा उल्लेख छ ।

स्रोत-अनलाईनखबर बाट

Tags: सप्तरी खबर

Discussion about this post

Related Posts

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

सिरहाको गोलबजारमा दुई घण्टाका लागि कर्फ्यू खुकुलो, ५ जनाभन्दा बढी भेला हुन रोक

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

शशांकको नेतृत्वमा कांग्रेसको राष्ट्रिय भेला, शेखर पनि सहभागी हुने

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

निगमले भन्यो- ‘बजारमा ग्याँस नपाए हटलाइनमा सम्पर्क गर्नु’

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सुनसरीमा कर्फ्यु हट्यो, निषेधाज्ञा यथावत्

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सरकार र मृतक यादवका परिवारबीच ७ बुँदे सहमति: गणेशको नाममा पार्क निर्माण गर्ने

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

सिरहाको लहानमा पनि कर्फ्यु हटाइयाे

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

चीनले बनायो ५८२ टनको विशाल चुम्बक, ‘कृत्रिम सूर्य’ परियोजनामा ​​ठूलो सफलता

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

जब अचानक ८० हजार आप्रावासीले स्पेनको सेउटामा बसाए नयाँ सहर

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

सरकारको ९ बुँदे निर्णय खारेज गर्न साहु-महाजनको माग, बुझाए ज्ञापन पत्र

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

अल्लुको १००० करोडको ‘राका’ दुई भागमा आउने, शाहरुखको ‘क्यामियो’ रहने

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!