सप्तरी/असोज २७ गते।हनुमानगर सडक खण्ड अन्र्तगत सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका–८ खाँडो नजिक आज माइक्रोबस र मोटरसाइकल एक आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ ।
यस्तै मोटरसाइकल चालक सप्तरीको हनुमाननगर कङ्कालिनि नगरपालिका–१० बस्ने २२ वर्षको अरविन खङ्ग घाइते भएका छन् ।
उनको राजविराजस्थित गजेन्द्र नारायण सिँ अस्पतालामा उपचार भइरहेको छ । मोटरसाइकल र माईक्रोबसलाई प्रहरीले नियन्त्रणमा लिएको र घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।















Discussion about this post