एजेन्सी/असोज २ गते।अन्य कुरामा उत्कृष्ट तर बाहिरी आवरणमा ‘कुरूप’ श्रीमानमार्फत् जन्मिने सन्तान भयानक हुने डरले घानाकी एक महिलाले आफ्ना ‘निकै सुन्दर’ पूर्वप्रेमीमार्फत् तीन सन्तान जन्माएकी छिन् ।
अफ्रिकी सोसल मिडियामा सार्वजनिक भएका खबर अनुसार घानाकी एक महिलाले हेर्दा खासै राम्रो नभएपनि निकै सफल, मिहिनती र माया गर्ने व्यक्तिसँग विवाह गरेकी थिइन् । सुन्दरताका लागि निर्धारण गरेको उनको मापदण्डमा खरो उत्रन नसकेका उनका श्रीमानको स्वरूपले खासै समस्या निम्त्याएको थिएन तर जब उनीहरूले सन्तानको योजना बनाए तब ती महिलालाई आफ्ना सन्तान श्रीमान् गोता जाने हो कि भन्ने पिरले गाँज्यो ।
उनलाई आफ्नो श्रीमानको सबै कुरा मन पर्दथ्यो तर सन्तान ‘कुरूप’ जन्मने हुन् कि भन्दै उनले जोखिम मोल्न नचाहेको बताइन् । त्यसैले उनले श्रीमानसँग सहवास गरेपछि गर्भनिरोधक औषधी नबिर्सी सेवन गर्थिन् । स्रोत-रातोपाटी बाट














Discussion about this post