सिरहा/भदौ २४ गते ।सिरहाको धनगढीमाई नगरपालिका–७ हनुमानचोकमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एक युवकको ज्यान गएको छ । सोही मोटरसाइकलमा पछाडि सवार युवक घाइते भएका छन् ।
ज्यान जानेमा मोटरसाइकल चालक सिरहाको सुखीपुर नगरपालिका ९ बस्ने २० वर्षीय श्रवणकुमार महतो रहेका छन् ।
सिरहाको धनगढीमाई नगरपालिका–७ हनुमानचोकमा स ५ प २४०४ नम्बरको मोटरसाइकल गए राती करिब पौने १२ बजे तिर अनियन्त्रित भएर दुर्घटना हुँदा महतो गम्भीर घाइते भएका प्रहरी पोस्ट कसहाले जनाएको छ।
महतोलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
सोही मोटरसाइकलमा पछाडि सवार युवक घाइते भएका छन् ।घाइते युवकको कसहा हेल्थ केयरमा उपचार भइरहेको जनाएको छ ।

















Discussion about this post