काठमाडौं/भदौ २३ गते। मोरङको बेलबारीमा बन्दुक बनाउने कारखाना फेला परेको छ । प्रहरीले ‘बन्दुक बनाउने कारखाना’ फेला पारेर त्यसका सञ्चालकलाई प क्रा उ गरेको छ ।
बेलबारी नगरपालिका-१ स्थित ५२ वर्षीय आशबहादुर लिम्बूले आफ्नै घरमा कारखाना सञ्चालन गर्दै भरुवा बन्दुक बनाएर बेचबिखन गर्दै आएको फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
बेलबारी प्रहरीले लिम्बूको घरमा छापा मार्दै बन्दुक, बन्दुक बनाउन प्रयोग गरिने सामग्री, विष्फोटक पदार्थ र वन्यजन्तु हरिणको अंगसहित लिम्बूलाई आइतबार साँझ प क्रा उ गरेको प्रहरीको भनाई छ ।
उनले अवैध रूपमा हातहतियार बनाएर बिक्री\वितरण गर्ने गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठको भनाई छ ।
प्रहरीका अनुसार उनले जंगलमा गएर सिकार गर्नेलाई भरुवा बन्दुक बनाउँदै बिक्री÷वितरण गर्ने गरेको खुलेको हो ।
लोड गरिएको भरुवा बन्दुक, बन्दुक बनाउन प्रयोग गरिने ४ वटा काठ, पड्किने फलामको पासो, १ किलो बारुद, बन्दुक सफा गर्ने रड, ३ वटा काँजो, बसिला, राँबो, हथौडा, आरालगायत बन्दुक बनाउन प्रयोग गरिने विभिन्न औजार बरामद गरेको प्रहरीले जनाएको छ ।
प क्रा उ परेका लिम्बूको घरबाट प्रहरीले हरिणका ५ वटा सिङ पनि बरामद गरेको छ ।














Discussion about this post