अरुण कुमार अक्षय/सप्तरी/भदौ १३ गते। सप्तरीको उतरी पुर्वी भेगमा अवस्थित कञ्चनरुप नगरपालिकामा वडा कार्यालयको लापरवाहीले ३० घर दलित परिवार सुुरक्षित नागरीक अवासबाट बंञ्चित भएका छन् ।वडा नं.३ को वडा कार्यालयले गएको आर्थिक वर्षमा कञ्चनरुप नगरपालिकामा ३ सय ४१ घरका लागि बजेट बिनयोजन गरिएको थियो । सो अनुरुप वडा नम्बर ३ ले समयमा खाता नखोलेपछि रकम फ्रिज भएको पाइएको छ ।
वडा सदस्य ओम प्रकाश साहका अनुसार सुरक्षित नागरीक अवास कार्यक्रम अन्र्तगत आर्थिक बर्ष २०७७÷०७८ को लागी ३० दलित घर छनोट गरेको भएपनि स्थानीय देवकान्त चौधरीको जग्गामा उक्त निर्माण थालिएका घरहरु परेपछि निर्माण कार्य रोकिएको छ ।
चौधरीले वडा कार्यालयमा लिखित निबेदन सहित जग्गामा निर्माण कार्य नगर्नु नगराउनु भनेकाले अवास निर्माण अलपत्र परेको कंचनरुप नगरपालिकाका राजकुमार साहले जानकारी दिए । ति मध्ये १३ जनाको घर उक्त जग्गामा परेको जनाइएको छ ।
स्थानिय रत्न सदाले वडा कार्यालयले सुुरक्षित नागरीक अवास कार्यक्रम अन्र्तगत वडा नं.३ का लाभग्राहीहरु मध्येका आपूmहरुलाई सिटिजन बैंक कञ्चनपुरमा खाता खोल्न लगाए पनि अहिले सम्म खातामा रकम नआएको बताउनुभयो । उनले भने हामी लाभग्राहीहरु मध्ये १५ जना जमिनदारको अबरोधका कारणले सुुरक्षित नागरीक अवासबाट आफुहरु बंचित भएका छांै ।
हामी ३५ घरपरिवार मुसहर समुदायीका दलित बर्षौ देखि बसिरहेको जग्गामा पनि घर बन्न नदिएपछि बिचल्लीमा परेको स्थानियको गुनासो छ । स्थानियका अनुसार जग्गा एकिन नभएका कारण उनीहरुको घर निर्माण हुन समस्या भएको बताइएको छ । यसैबिच सुुरक्षित नागरीक अवासका लागि अर्को ठाउँमा जग्गा खोजी कार्य भइरहेको नगरपालिकाले जनाएको छ ।














Discussion about this post