काठमाडौं/भदौं १३ गते।भारतको मध्य प्रदेशको निमच भन्ने स्थानमा एक आदिवासी युवकलाई सामान्य विवादमा निर्घात कु ट पि ट पछि पिकअप गाडीमा डोरीले बाँधेर सडकमा घि सार्दै ह त्या गरिएको छ ।
निकै टाढासम्म घिसारेपछि गम्भीर घाइते भएका उनलाई अस्पताल भर्ना गरिए पनि उपचारका क्रममा मृ त्यु भएको हो । घटना यही अगस्ट २६ तारिख (भदौ १०) मा भएको बताइएको छ तर यसको भिडियो अगस्ट २८ मा सार्वजनिक भएको हो ।
यस घटनामा संलग्न आरोपमा प्रहरीले ८ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ । तीमध्ये दुई मुख्य अभियुक्तसहित चार जनलाई प्रहरीरले प क्रा उ गरेको छ । अन्य अभियुक्तको खोजी भइरहेको छ । प्रहरीका अनुसार आदिवासी युवक कन्हैया लाल भिल केही व्यक्तिका साथ आफ्नो गाउँ जाँदै थिए । यस क्रममा उनको बाइक गुर्जर समाजका एक व्यक्तिसँग ठोक्कियो ।
त्यसपछि स्थानीय बासिन्दा भेला भए र उनलाई कु ट् न थाले । यसपछि उनीहरूले कन्हैयालाई पिकअप गाडीको पछाडि डोरीले बाँधे र गाडी गुडाए । तीमध्ये एक व्यक्तिले घटनाको पूरै भिडियो खिचेछन् । त्यो भिडियो सार्वजनिक भएपछि घटनाबारे प्रहरीलाई थाहा भएको हो ।
युवकलाई पिटेर गाडीले घिसारिसकेपछि उनीहरूले नै प्रहरीलाई फोन गर्दै एक जना चोर पक्रिएको भन्दै प्रहरीलाई फोन गर्छन्। यसपछि प्रहरी घटनास्थल पुग्छ र कन्हैया लाललाई लिएर जान्छ। घाइते उनलाई अस्पतालमा भर्ना गरिन्छ, जहाँ उनको मृ त्यु भयो। बीबीसी हिन्दी














Discussion about this post