nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

ऋणको भरमा चल्दै सामाजिक सुरक्षा कोष

सजिलो पोस्ट सजिलो पोस्ट
भदौ ९, २०७८, ३:५६ मध्यान्ह
सामाजिक सुरक्षा कोषविरुद्ध योजनाबद्ध षडयन्त्र सुरु भयो : जिफन्ट (हेर्नुहोस विज्ञप्ति सहित)

काठमान्डाैं/भदौ ९ गते। विवादित बनिरहेको सामाजिक सुरक्षा कोष ऋणको भरमा चल्दै आएको पाइएको छ । तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले ‘नयाँ युगको शुरुआत’ भन्दै व्यापक प्रचारप्रसारका साथ अघि बढाएको सामाजिक सुरक्षा कोषको कार्यालय स्थापना तथा कर्मचारी व्यवस्थापन भइसके पनि स्रोतको सुनिश्चितता हुन नसक्दा ऋणको साहारा लिनुपरेको हो ।

योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ को दफा २६ बमोजिम कोषको स्थापना तथा कर्मचारी व्यवस्थापन भइसकेको छ । तर, लामो समयसम्म कर्मचारीको पारिश्रमिक तथा सुविधा र कार्यालय सञ्चालनसम्बन्धी खर्च बेहोर्ने स्रोतको व्यवस्था हुन सकेको छैन ।

स्रोतको व्यवस्था हुन नसकेकै कारण प्रत्येक वर्ष नेपाल सरकारसँग ऋण लिएर खर्च धान्ने अवस्थामा कोष पुगेको अधिकारीहरूको भनाइ छ । सामाजिक सुरक्षा कोष सञ्चालनसम्बन्धी ऐनमा कोष सञ्चालनसँगै व्यवस्थापनको स्रोत स्पष्ट नभएका कारण साहारा लिनुपरेको उनीहरूको दाबी छ ।

पहिलोपटक कोषले कार्य सञ्चालनका लागि नेपाल सरकारको २०७६/९/११ को निर्णय अनुसार वार्षिक ३ प्रतिशत ब्याजदरमा ५ वर्षभित्र चुक्ता गर्ने गरी रू. ५ करोड ऋण लिई २०७६/७७ मा रू. २ करोड ३० लाख ७३ हजार प्रशासन सञ्चालन तथा व्यवस्थापनमा खर्च गरेको देखिन्छ । यस्तै, २०७७/७८ मा पनि ऋणको भरमा कोष चलेको देखिन्छ । यो वर्ष १५ करोड ऋण नेपाल सरकारसँग लिएको देखिन्छ ।

यो रकम कार्यालय सञ्चालन, अफिसको भाडा, कर्मचारीको तलबभत्ता, सेवा सुविधामा खर्च भएको छ भने चालू आर्थिक वर्ष ०७८/७९ मा सोही प्रयोजन अर्थात् कर्मचारीको व्यवस्थापन, कार्यालय सञ्चालन, तलबभत्तालगायत कार्य सञ्चालन गर्न २२ करोड ऋण लिने कोषको तयारी छ । यो ऋण किस्ताकिस्तामा लिइँदै छ ।

‘कोष सञ्चालन गर्न आर्थिक स्रोत कसरी जुटाउने भन्नेबारे ऐनमा स्पष्ट भएन, त्यसैले ऋण लिएर चल्नुपरेको हो,’ सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीले आर्थिक अभियानसँग भने । उनका अनुसार कोषको खर्च धान्न सरकारले मुनाफाको २–३ प्रतिशत परिचालन गर्न कोषलाई दिनुपर्छ । यसका लागि ऐन नै संशोधन हुनुपर्छ । यसका लागि कोषले निरन्तर आवाज उठाए पनि उपल्लो निकायबाट सुनुवाइ भएको छैन । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

Tags: अर्थ/बाणिज्य

Discussion about this post

Related Posts

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

युवा मार्गचित्र २०४० सम्बन्धी प्रदेशस्तरीय परामर्श तथा छलफल कार्यक्रम जनकपुरधाममा सम्पन्न

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

स्वास्थ्य क्षेत्रका कमजोरी पहिचान गरी सुधार गर्न मन्त्री साहको जोड

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेसको चेतावनी

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

भित्तामा कोरिएका पेन्सिलका दागहरू यसरी हटाउनुहाेस् सजिलै

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

समाचार कक्षमै प्रहरी: पत्रकार पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि गम्भीर प्रश्न

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

जनकपुरधाममा कानु समाज नेपालको तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न, हजारौँको सहभागिता

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

बेरुजु फर्छ्यौट नगर्ने कार्यालयमाथि कारबाही, असुलीमा कडाइ गर्दै मधेस सरकार

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

धनुषामा दस दिनदेखि बेपत्ता सात वर्षीय बालकको शव क्षतविक्षत अबस्थामा फेला

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

पत्रकारमाथि प्रहरी धरपकडको विरोधमा जनकपुरधाममा पत्रकारहरूको प्रदर्शन

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

मधेशका युवामाथि गोली प्रहार गर्ने प्रहरीको कार्य तत्काल बन्द गर : मो. नइम राईन, जेन–जी अभियन्ता

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि