अरुण कुमार अक्षय/राजविराज/भदौ ८ गते। सप्तरीको राजविराज नगरपालिका स्थित देउरी भरुवामा सहकारी शीतभण्डारको निर्माण कार्य अझै सुरु भएको छैन ।
जिल्ला सहकारी संघ सप्तरीले जिल्लाका सहकारी संस्थाहरुको ब्यवस्थापन बिस्तार र यहाँ उत्पादित कृषि उपजको भण्डार र ब्यवस्थापननमा सहयोग गरी सहकारीकर्मी किसानस्तर उकास्ने मुख्य उदेश्यले शीतभण्डार निर्माण गर्न लागिएको हो ।
राजविराज नगरपालिका वडा नं. १२ देउरी भरुवामा तिन हजार मेट्रिटन क्षमताको निर्माण सुरु गरिएको उक्त शीतभण्डार ठेकेदारको लापरवाहीले निर्माण कार्य अहिले पनि अलपत्र अवस्थामा नै देखिएको छ ।
ठेकेदार कम्पनीले कोरोना महामारीको बहाना देखाएर बिगत ६ महिना देखि काम स्थागित गरेको कारण निर्माण कार्य अहिले पनि सुरु भएको देखिएको छैन ।
२०७५ फागुन महिनामा शिलान्यास गरि निर्माण थालिएको शीतभण्डारको काम ५० प्रतिशत पनि काम भएको पाइएको छैन ।
स्थानियबासीका अनुसार शर्मा अशिष ओम साइराम सानोठिमीले ठेक्का लिएको शीतभण्डार निर्माणको तलको इटा जोडने र माथि फलामै पोल ठडियाउने काम मात्रै भएको जनाएका छन ।
जिल्ला सहकारी संघका नियन्तर ५ बर्षको सर्घषपछि निर्माण सुरु गरिएको उक्त शीतभण्डारमा हजारो किसानहरुले सेवा लिन सकिने जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक रमेश प्रसाद गुप्ताले जानकारी दिनुभयो । तर शीतभण्डार निर्माण काम पुर्णरुपमा ठप्प भएर अहिले अलपत्र अवस्थामा रहेको पाइएको छ ।
सहकारी संस्था आवद्ध सदस्यहरुको सप्तरी जिल्लामा उचित भण्डारण हुन नसक्दा बर्सेनी मार खेप्दै आएको छ ।
शीतभण्डार बजेटको अभावमा निर्माण कार्य रोकिएको सहकारी संघ सप्तरीका प्रबन्धक गुप्ताको भनाई छ । शीतभण्डार निर्माणका लागि पहिलो किस्ता रु तिन करोड रुपैया बजेट निकासा भएर काम गरेपनि अरु काम गर्न बजेटको अभावमा भएको जिल्ला सहकारी संघ सप्तरीका प्रबन्धक गुप्ताले जानकारी दिनुभयो ।
शीतभण्डार निर्माणका लागि संघीय र प्रदेश सरकारले पनि रकम नदिएको कारण काम बन्द रहेको बताइएको छ ।शीतभण्डार निर्माण भएपछि यहाँ फलफुल लगायतका कार्यहरु नोक्सान हुनबाट जोगिने जिल्ला सहकारी संघ सप्तरीले बिश्वास लिएको छ ।
साथै संघीय सरकार तथा प्रदेश सरकारले समयमा बजेट नदिएको कारण पनि यहाँको शीतभण्डार निर्माण कार्य अधुरो रहेको जनाइएको छ । संघीय सरकारको ६० प्रतिशत अनुदान संघ संस्थाहरुको २० प्रतिशतमा तथा स्थानिय तथा प्रदेश सरकारको २० प्रतिशत भुक्तनमा ३ हजार मेट्रिटन क्षमताको शीतभण्डार यहाँ निर्माण भइरहेको छ ।
पाँच च्याम्बर भएको शीतभण्डारको लम्बाई ४८ मिटर, चौडाई ४०.८५ मिटर उचाई ९.५ मिटर रहने प्राबिधिकले जनाएको छ ।कुल ६४ हजार ९८२.६८ वर्ग मिटर जग्गा क्षेत्रफल ओगटेको शीतभण्डार मुल्यअभिबृद्धि कर बाहे रु २७ करोड निर्माण हुन लागिएको छ।
शीतभण्डार परिसरमा अद्र्धस एलब्ट , प्रशासनिक भवन, पलानर तथा बिद्युत गृह, फेरेरा सेड, स्टाफ कवाटर , गार्डकोठा निर्माण गरिन बताइएको छ।
शीतभण्डार निर्माण कार्य अहिले सम्म सुरु नहुदा यो भण्डार बन्ने की नबन्ने दुबिधामा रहेको स्थानियबासीको गुनासो छ ।किन भने लामो समय कुनै नयाँ कामको थालनी समेत हाल सम्म नदेखिएको कारण मनमा संका भइरहेको स्थानिय श्याम यादवले गुनासो सुनाउनुभयो।
सप्तरी जिल्ला मै महत्वपुर्ण रहेको शीतभण्डारको काम समयमा पुरा नभए किसानहरुको सपना अधुरै रहने बताउदै चाडो भन्दा चाडो निर्माण गनुपर्ने स्थानीयको माग छ ।

















Discussion about this post