जनकपुरधाम/भदौ ६ गते। सिरहाको धनगढीमाई नगरपालिका ६ मा स १० प ४२४७ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा अन्दाजी १८ वर्षीय किशोरको ज्यान गएको छ ।
गएराति साढे ११ बजे पैदल हिंडिरहेका ती किशोर मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएको र उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।
यसैगरी बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, टागियामा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा तीन जनाको ज्यान गएको छ ।
प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा६५प २७५६ नम्बरको अर्को मोटरसाइकल गए राति करिब साढे १० बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा २७५६ नम्बरको मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, अर्का मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीया सुनैनादेवी साहको ज्यान गएको हो ।उनीहरूको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।














Discussion about this post