nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

कुन समयमा खाना खाँदा शरीरलाई फाईदा पुग्छ थाहा पाईराख्नु होस

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १६, २०७८, ७:१६ मध्यान्ह
निषेधाज्ञामा घर बस्दा के खाने, के नखाने ?

राती अबेर खाना खानुभन्दा बेलुका सबेरै खाना खाएर सुत्नु स्वास्थ्यका राम्रो मानिन्छ । शरीरको तौल सन्तुलित राख्न चाहनेहरुले त बेलुकी ७ बजेपछि खाने कुरा नखाएकै राम्रो ।

दिउँसो नै धेरै खानेकुरा खाइएको छ भने त बेलुका सकेसम्म कुनै पनि खानेकुरा नखाएकै राम्रो ।

यसरी दिउँसो पनि खानु र राती सुत्ने बेला पनि खानु भनेको मोटोपनालाई निम्त्याउनु हो । अर्कोतर्फ विज्ञहरुले बेलुकीको ७ बजे डिनर खाइसक्नु स्वास्थ्यको दृष्टिले धेरै राम्रो भएको बताउँने गरेका छन् ।

राती सुतेपछि शारीरिक गतिविधि शुन्य हुन्छ । तसर्थ, खाएका खानेकुरा पच्न पाउँदैन । त्यसले गर्दा पेटमा समस्या हुने, निन्द्रा नलाग्ने र निन्द्रा विथोलिने हुन्छ ।राती खान नहुने केही खाने कुरा यस्ता छन्राती टन्न भात खाएर सुत्नु भनेको भुँडी बढाउनु हो ।

त्यसैले बेलुकीको खानामा रोटी समावेश गरे निकै राम्रो हुन्छ ।स्वास्थ्यलाई खासै राम्रो नगर्ने र पाचन प्रणालीमा पनि समस्या ल्याउने तथा तौल बढाउने खालका खाने कुरा सुत्ने बेलामा खानु हुँदैन । यस्तो खाने कुराले पेटमा समस्या त ल्याउँछ नै निद्रा पनि विगार्छ ।

रातको समयमा खाना पछि उच्च क्यालोरीयुक्त खानेकुरा जस्तै, जेरी, रसवरी खानुहुँदैन ।फलफूलमा पनि सुगरको मात्रा धेरै हुने भएकाले सुत्ने बेलामा नखान स्वास्थ्यकर्मीहरुले सुझाव दिने गरेका छन् ।

अम्लीय तत्व भएका फलफूल तथा जुस रातमा पिउनु पनि पाचन क्रियाको दृष्टिले उपयुक्त मानिँदैन ।

आलु, आलुचिप्स जस्ता खानेकुरा पनि सुत्ने बेलामा नखाएकै राम्रो । यस्ता खाने कुरामा उच्च मात्रामा क्यालोरी, चिल्लो तथा सोडियम हुन्छ र सुत्ने बेलामा खादा स्वास्थ्यलाई खासै फाइदा गर्दैन ।

थप जानकारीः

बेलुकाको खाना समयमा नै खाएको सबैभन्दा उत्तम, राती अबेर खाना खाँदा हुन्छन् यस्ता खतरा

स्वस्थ एवम् तन्दुरुस्त रहनको लागि सही समयमा उचित आहारको अति आवश्यक हुन्छ । यदि हामी यसो गर्दैनौँ भने कयौँ स्वास्थ्य समस्याले पीडित हुन पुग्दछौँ । लामो समय राती अबेर खाना खाँदा समस्या थप जटिल हुन्छ । सुत्नुभन्दा २ वा ३ घण्टा अघि खाना खानु राम्रो मानिन्छ ।

कहिले पनि खाना खाने बित्तिकै सुत्ने गल्ती गर्नुहुँदैन । यसले स्वास्थ्य समस्या बढाउन सक्छ । यसकारण खाना खाइसकेपछि १०-१५ मिनेट हिड्नुपर्दछ । चिकित्सकका अनुसार, राती अबेर खाना खानुको १० नोक्सानको बारेमा यसरी चर्चा गरिएको छ ।

मुटुरोग दिनहुँ राती ढिलो खाना खाँदा शरीरमा कोलेस्ट्रोल बढ्न थाल्छ । यसले मुटुरोगको खतरा बढ्न सक्छ । तनाव दिनहुँ अबेर खाना खाँदा निन्द्रा पूर्ण रूपमा लाग्दैन । यसले तनाव बढाउन सक्छ । उच्च रक्तचाप दिनहुँ अबेर राती खाना खाँदा तनाव बढ्छ । यसले उच्च रक्तचापको समस्या बढाउन सक्छ ।

मोटोपन राती अबेर खाना खाने र तुरुन्त सुत्ने बानीले खाना फ्याटमा परिवर्तन हुनथाल्छ । यसले मोटोपनको समस्या बढ्न सक्छ । डायबिटीज दिनहुँ राती अबेर खाना खाँदा मोटोपन बढ्छ । यसबाट ब्लड शुगर लेभल बढ्नुको कारण डायबिटीजको आशंका बढ्न सक्छ । अपच ढिलो खाना खाँदा पाचन सन्तुलित रूपमा हुँदैन । यस अवस्थामा अपचको समस्या हुनसक्छ ।

अनिन्द्रा राती अबेर खाना खाने र तुरुन्त सुत्ने बानीले खाना फूड पाइपमा आउन थाल्छ । यस अवस्थामा निन्द्रा नलाग्ने समस्या हुनसक्छ । कब्जियत दिनहुँ राती अबेर खाना खाँदा इनडाइजेशन हुनथाल्छ । यस अवस्थामा कब्जियतको समस्या बढ्न सक्छ ।

फूड पाइपमा पोल्ने समस्या दिनहुँ राती अबेर खाना खाने र सुत्ने गर्दा खाना फूड पाइपमा आउनथाल्छ । यसबाट यहाँ पोल्ने समस्या उत्पन्न हुनथाल्छ । १०-एसिडिटी राती अबेर खाना खाँदा पाचन प्रक्रिया असन्तुलित हुन्छ । यसले एसिडिटीको समस्या उत्पन्न गर्न सक्छ ।

हिन्दु परम्पराले खाना खाने बारे बनाएका केही यी नियममा यस्तो रहेछ बैज्ञानिक कारण !

नेपाली परम्परा अनुसार, भोजन गर्नुभन्दा पहिले मन्त्र उच्चारण गर्दै चारैतिर पानी छर्कने गरिन्छ । के तपाईलाई थाहाँ छ आखिर मानिसहरुले खाना खानुभन्दा पहिले यसरी पानी किन छर्कन्छ ? नेपाल लगायत उत्तर भारतमा यसलाई आमचन र दक्षिण भारतमा यसलाइ परिसेशनको रूपमा चिनिन्छ ।

यो गर्नुको मुख्य कारण के हो भने हामीले भोजना गर्दा खानाको वरिपरी जल छर्नुले हामीले अन्नप्रति र भोजनप्रति सम्मान दर्शाएका छौं भन्ने बुझिन्छ । तर यसका पछि धार्मिक र वैज्ञानिक धेरै कारणहरु पनि छन । धेरै व्यक्तिलाई यसका फाइदाहरुको बारेमा थाहा नहुँन सक्छ आउँनुहोस जानौं यसका केही महत्वहरु ।

खानासम्म पुग्न सक्दैनन जिवाणुहरु

वास्तवमा, पुरानो समयमा, अधिकांश मानिसहरूका घरहरू कच्चा थिए, त्यसैले घरको फर्श पनि कच्चा थियो। यस ठाउँका बाहेक मानिसहरुले मैदानमा बसेर पनि खाना खाने गर्थे ।

यदि भोजन गरिरहेको समययमा कोही नजिर्कबाट हिड्दा पनि त्यो थुलो उडेर खानामा आउँने सम्भावना सबैभन्दा धेरै हुन्थ्यो, त्यसैले मानिसहरूले खानाको वरिपरी पानी छर्ने गरेको किवंदन्ती रहेको छ । यो स्वास्थ्यको दृष्टिकोणबाट पनि धेरै महत्त्वपूर्ण थियो। आज पनि, धेरै मानिसहरू भुइँमा बस्छन् र खाना खान्छन ।

यस्तो अवस्थामा, भोजनमा धूल उडेर जाने कुरा स्वाभाविक छ त्यसैले यस्तो गर्नुपर्छ । यदि तपाईं खानाको वरिपरि पानी पनि छर्कनुहुन्छ भने, यसले तपाईंको खानामा धूल आउँन पाउनेछैन, ताकि तपाईं जीवाणुहरूबाट बाँच्न सक्नुहुनेछ र तपाईं सामान्य एलर्जीजस्ता समस्याबाट पीडित हुनदेखि जोगिन सक्नुहुनेछ।

यदि खानापुर्व नैं तपाईले खानाको वरिपरी पानी छर्कनु भयो भने तपाईको खानामा कीरा आउँदैन,पानीको कारण, त्यो खानासम्म पुग्न सक्दैन ।

ओछ्यानमा वसेर खाना खानुहुँदैन

अहिले मानिस यतिसम्म व्यस्त छ कि उसले केही अति सामान्य कुराहरुमा ख्यालसम्म गर्न सकेको हुँदैन । पछिल्लो समय ओछ्यानमा चिया र भोजन गर्नु सामान्यजस्तै बनेको छ तर यसको बेफाइदाहरुको बारेमा सायदै कमैंलाई जानकारी हुनसक्छ । यस्तो खालको बानीहरूले हाम्रो शरीरलाई नकारात्मक रुपमा असर गर्दछ ।

धर्मशास्त्रहरुमा भनिएको ओछ्यानमा बसेर भोजन गर्नुहुँदैन किनभने घरमा लक्ष्मी माताको आगमन हुँदैन जसको कारण तपाईले दरिद्रताको सामना गर्नुपर्ने हुन्छ । सामान्यतया ओछ्यान कपासबाट बनाइएका हुन्छन, कपास हाम्रो शरीरको उर्जालाई बाहिर निकाल्न दिदैन ।

खाना खाने समयमा हाम्रो फोक्सोबाट गर्मिपना बाहिर आउँन खोज्छ तर यो गर्मि ओछ३यानमा बसेर खाना खाने हो भने शरिरभित्र नैं रोकिएर बस्छ । यसले हाम्रो पाचन प्रणालीमा गम्भिर खालको असर गर्ने कुरामा स्वास्थ्यविदहरुले जानकारी दिएका छन ।

उभिएर खाना खानुहुँदैन

अहिले कम समयमा धेरै कामहरु सम्मपन्न गर्ने वहानामा मानिसले आफ्नो जीवनसँग प्रत्यक्ष्य जोडिएको स्वास्थ्यजस्तो विषयमा गम्भिर खालको लापरवाही गर्ने गरेको छ । पछिल्लो समय बसेर पलेटी कसेर खाना खाने समय कसैंसँग समय हुँदैन ।

खाना खानको लागि विभिन्न खालाको उपकरणहरु बजारमा आएका छन जस्तैं टेबल लगायतका अरु केही वस्तुहरु बजारमा आएका छन ।

यसरी कुर्सिमा बसेर खाना खानु पनि स्वास्थ्यको हिसाबले राम्रो हुँदैन तर अहिले धेरै मानिसहरु बसेर पनि होईन उभिएर खाना खाने गर्छन । उभिएर खाना खानाले पेट र फोक्सोसँग सम्बन्धीत रोगलाई निम्त्याउँछ। यसबाहेक अग्नि, विष्णु, ब्रह्मा , पद्म पुराणमा भोजनलाई लिएर यस्तो नियमहरूको बारेमा वर्णन गरिएको छ ।

यसरी वसेर खाना खानाले तापईको खानामा जिवाणुको प्रवेश एकदमैं कम हुन्छ । बसेर खाना खाँदा तपाईको खानालाई जिवाणुले असर गर्दैन र उभिएर भोजना गर्दा तपाईले खानाको अपमान गरिरहनु भएको छ भन्ने अर्थ लाग्छ ।

नोट: माथि उल्लेखित स्वास्थ्य सम्बन्धी जानकारीहरु विभिन्न अनलाइन तथा पत्र-पत्रिकाहरुबाट साभार गरिएको हो । मानिसको शारिरिक अवस्था र समय अनुसार पनि माथि उल्लेखित कुराहरुको उपलब्धी फरक पर्छ । सम्पुर्णरुपमा यहि कुरामा मात्रै भर नपर्नुहोला । माथि उल्लेखित कुराहरु प्रयोग गर्दा तपाईको स्वास्थ्यमा थप खराबी देखिए, कृपया तुरुन्त रोकेर स्वास्थ्यकर्मीहरुसँग सल्लाह लिनुहोस् ।

साथै तपाईलाई यो जानकारी कस्तो लाग्यो ? हाम्रो जानकारीहरु अरुलाई पनि देखाउन कृपया सेयर गर्नुहोला । तपाइको एक सेयरले थाहा नभएकाहरुले ज्ञान पाउछन भने हामीलाई पनि सहयोग मिल्नेछ ।

Tags: जीवनशैली

Discussion about this post

Related Posts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

भू–अभिलेख सूचना व्यवस्थापन प्रणालीमार्फत वास्तविक सुकुमवासीको परीक्षण सुरु

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

सरकारको नीतिले ५० लाख नागरिक गरिबीको चक्रमा फस्ने : शंकर पोखरेल

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

विश्व प्रेस स्वतन्त्रता दिवस : पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जनकपुरधाम जेसिजद्वारा माईन्युट लेखन तालिम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय सबैलाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!