काठमाडाैं।अनारमा केहि यस्ता महत्वपूर्ण तत्व हुन्छ, जो हाम्रो शरीरको लागि एकदमै आवश्यक हुन्छ। अनारमा फाइबर, भिटामिन ए, भिटामिन सि, भिटामिन के, फोलिक एसिड र एन्टिअक्सिडेन्ट भरपुर हुन्छ।
अनार स्वास्थ्यका लागि लाभदायक त छ नै, सौन्दर्यका लागि पनि। शरीरमा रगतको अभाव पुरा गर्न अनार उपयोगी मानिन्छ। यद्यपी कुनैपनि फल सोझै सेवन गर्नुभन्दा त्यसको रस बनाएर सेवन गर्नु बढी फाइदाजनक हुन्छ। यद्यपी बजारमा पाइने जुसमा भने मिसावट हुनसक्छ।
घरमै ताजा रस बनाएर पिउन सकिन्छ। त्यसो सबै मौसमी फलको आ-आफ्नै गुण, विशेषता र महत्व हुन्छ। सबै फल स्वास्थ्यका लागि अति फाइदाजनक हुन्छ। यद्यपी त्यसमध्ये पनि अनार निकै महत्वपूर्ण मानिन्छ।
भनिन्छ, अनार सेवन गर्दा दुई किसिमको रोगसँग लड्ने क्षमता बढ्छ। यदि लगातार एक सातासम्म अनार सेवन गर्ने हो भने, त्यसले स्वास्थ्यमा लाभ मिल्छ।
फाइदा
अनार खाइरहने व्यक्तिलाई स्तन र फोक्सोको क्यान्सर हुने सम्भावना कम हुन्छ।
अनार खाइरहने व्यक्तिलाई हृदयाघात र स्ट्रोकको जोखिम कम हुन्छ।
अनारमा प्रशस्त मात्रामा आइरन हुने भएकाले रक्त अल्पता भएका बिरामीका लागि लाभदायक हुन्छ।
अनारको नियमित सेवन गर्नाले प्रोस्ट्रेट क्यान्सर लाग्ने जोखिम कम हुन्छ।
अनारको नियमित सेवनले छाला चम्किलो बनाउन मद्दत गर्छ।
अनारको नियमित सेवन गर्ने व्यक्तिले दाँतसम्बन्धी समस्याबाट छुटकारा पाउँछ।
गर्भवती महिलालाई अनार खान दिने गर्नाले जन्मिने बच्चाको स्वास्थ्य राम्रो हुन्छ।
बुढ्यौलीमा बिर्सिने समस्या भएका ब्यक्तिहरुले अनारको सेवन गर्नाले फाइदाजनक हुन्छ।
अनारको हानी
कुनैपनि फलको गुण र अवगुण दुबै हुन्छ। त्यस्तै अनारमा पनि अवगुण हुन्छ। अवगुण भन्नु भन्दा पनि कतिपय अवस्थामा यसको सेवन ठीक हुन्न।
कुनैपनि किसिमको एलर्जी छ भने अनारको सेवनले त्यो एलर्जी थप बढाउँछ।
अनारको रस इन्फ्लुएन्जा, कब्जियत आदिमा राम्रो हुँदैन।
अनारले रक्तचाप नियन्त्रण गर्छ। यद्यपी यसका साथै औषधी पनि सेवन गरिरहेको छ भने त्यसको नकारात्मक असर पर्न सक्छ।
कतिपय रोगमा औषधी सेवन गरिरहेकाहरुले अनार सेवन गर्नु हुँदैन।
ध्यान दिनुपर्ने कुरा
अनारलाई एक हप्तासम्म सामान्य तापमानमा भण्डारण गर्न सकिन्छ।
यदि फ्रिजमा राख्ने हो भने त्यसलाई प्लाष्टिकमा लपेटेर राख्नुपर्छ।
अनारको ताजा बीजलाई चार दिनसम्म फ्रिजमा राख्न सकिन्छ।
यदि अनारको बिज खाएपछि खाद्य एलर्जी भयो भने त्यसलाई तुरुन्तै रोक्नुपर्छ।
रक्त सम्बन्धी औषधी सेवन गरिरहेकाहरुले अनार खानुअघि चिकित्सकको परामर्श लिनुपर्छ।
Discussion about this post