nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यसरी बद्लिदैछ मान्छेको यौन–व्यवहार

सजिलो पोस्ट सजिलो पोस्ट
साउन ६, २०७८, ८:४० मध्यान्ह
यसरी बद्लिदैछ मान्छेको यौन–व्यवहार

अनौठो मान्नुपर्छ, यौनको कुरा मान्छेलाई निकै चाखलाग्दो लाग्छ । तर, त्यही विषयमा कुरा गर्न मान्छे लजाउँछन् । डराउँछन् । पुरुषहरु त आपसी भेटमा यौनका विषयमा कुरा गर्छन् । तर, महिलाहरु ?

महिलाहरुलाई यौनको विषयमा खुलेर कुरा गर्न छुट दिइदैन । जब उनीहरुले यस्ता कुरा गर्छन् उनीहरुप्रति नै खराब दृष्टिकोण राख्ने गरिन्छ । अनेक आशंका गर्न थालिन्छ । नराम्रो केटीको रुपमा चित्रण गरिन्छ । यहि कारण यौनको कुरामा महिलाहरु मौन रहन्छन् ।

बरु प्राचिन समयमा यौनप्रति यस्तो संकुचन र संकिर्णता थिएन । सदियौंअघि नै वात्स्यायनले ‘कामसूत्र’ जस्तो गन्थ्र नै लेखे, यौनका विषयमा । त्यसमा यौन जीवनको महत्व मात्र दर्शाइएन यौनबाट कसरी चरम सुखको भोग गर्ने र त्यसका लागि के कस्ता आसनहरु प्रयोग गर्ने भन्नेसम्म खुलाइयो । धेरै टाढा पुग्नै पर्दैन, हाम्रा कतिपय मठ मन्दिरको टुँडालमा समेत यौन आकृतिहरु कुँदिएका छन् ।

तर, समय जति–जति अघि बढ्दै गयो, समाज यौनको विषयलाई लिएर खुम्चदै गयो । यौनलाई ‘छाडापन’को रुपमा मात्र बुझ्न थाल्यो । महिला र पुरुषबीचको यौन सम्बन्धलाई कर्के नजर लगाइयो । तर, अब भने यौनको विषयमा ठूलो परिवर्तन आउँदैछ । यस्तो परिवर्तन जो क्रान्तिकारी छ ।

ल्याबमा बच्चा जन्माउने ट्रेन्ड बढ्नेछ

परम्परागत रुपमा यौनको अर्थ केवल बच्चा पैदा गर्नु र वंशलाई निरन्तरता दिनुमा सीमित थियो । तर, विज्ञानले यसमा छलाङ मारेको छ । अब यौन सम्पर्क नगरी पनि बच्चा पैदा गर्न सकिन्छ । आईभिएफ र टेस्ट ट्युबको माध्यामबाट यो काम फत्ते गर्न संभव छ ।

विश्वकै पहिलो टेस्ट ट्युब बेबी सन् १९७८ मा पैदा भएको थियो । त्यसपछि अहिलेसम्म करिब ८० लाख बच्चा यही प्रविधिबाट धर्तीमा आएका छन् । रिसर्चलाई मान्ने हो भने यस किसिमको प्रविधि अपनाएर बच्चा पैदा गर्ने क्रम भविष्यमा अरु तिब्र भएर जानेछ । लेखक हेनरी टी ग्रीली भन्छन्, ‘अबको २० देखि ४० बर्षसम्म उमेरका जोडीले ल्याबमा गर्भधारण गर्न रुचाउँछन् । उनीहरु सेक्स बच्चा जन्माउन नभई आनन्द र रमाइलो लागि गर्नेछन् ।’

यदि यौन सम्पर्क बिना नै बच्चा पैदा हुन थाल्यो भने यौनको जरुरत किन रु यौन खासमा दम्पतीकोे यौन सुखभोगका लागि हो । दुबैको सम्बन्ध अरु कसिलो बनाउनका लागि हो । यदि शारीरिक सुखका लागि महिला र पुरुषले सुरक्षित अनि स्वस्थ हिसाबले यौन सम्बन्ध राख्छ भने त्यो न घृणाको विषय हो, न लाजको नै ।

ग्रीसका विख्यात दाशर्निकले यस विषयमा भनेका छन्, प्रेम कामुक इच्छाको अन्त्य हो । यदि दुई व्यक्तिबीच प्रेम छ भने उनीहरुको मुकाम शारीरिक सम्बन्ध बनाउनेसम्म हुन्छ । अर्थात एकअर्काको प्रेम पाउने माध्याम हो यो ।

हुनसक्छ, जतिबेला मान्छेले यौन सुरु गरे त्यसबेला शारीरिक आवश्यक्ता पुरा गर्नका लागि मात्र गरे । यौन सम्पर्क पछि बच्चाहरु पैदा हुन थाले । अनि यो पारिवारिक सम्बन्धकै एउटा कडी बन्यो । तर, अहिलेको समाज पूर्ण रुपमा बद्लिएको छ । अहिले यौन सम्बन्धलाई आयआर्जनको माध्याम पनि बनाउने गरेका छन् । कतिपय पेशेवर यौनकर्मी छन् ।

यौन के हो  ? 

बद्लिदो समयसँगै आज केवल मान्छेको सम्बन्ध मात्र बद्लिएको छैन । यौन सम्बन्धलाई लिएर मान्छेको सम्बन्ध र सोंच पनि बद्लिदैछ । सन् २०१५ मा अमेरिकाका सैन डियागो युनिभर्सिटीका प्रोफेसर जीन एम ट्वीगले एक रिसर्च पेपरमा भनेका थिए सन् १९७० देखि २०१० सम्म अमेरिकामा धेरै हदसम्म मान्छेले विवाह नगरी यौन सम्बन्धलाई स्वीकार्न सुरु गरेका थिए ।

अहिलेका नयाँ पिढीं विवाहपछि मात्र यौन सम्बन्ध राख्नुपर्छ भन्ने पुरातन धारणामा विश्वास गर्दैनन् । उनीहरु यौनलाई अनेक सीमा र सर्तभित्र खुम्च्याउन चाहँदैनन् । पार्टनरसँग राजीखुसीले सुरक्षित सम्बन्ध राख्न कुनै रोकटोक नहुने धारणा राख्छन् । यसलाई न उनीहरु विकृति मान्छन्, न पाप ।

अहिले त महिला पुरुष मात्र होइन, पुरुष र पुरुष वा महिला र महिलावीचको अन्तरंग गतिविधिलाई पनि स्विकार्न थालिएको छ । जति जति यौनप्रति मान्छेको सोच बद्लिदैछ, उत्तिनै गे र लेस्बियन सम्बन्धलाई पनि स्विकार गर्न थालिएको छ ।

त्यसैगरी आज पोर्न हेर्ने प्रवृत्ति पनि बढेर गएको छ । जानकारहरु त के सम्म भन्न थालेका छन् भने भविष्यमा यौन अरु बढी डिजिटल र सिन्थेटिक हुनेछ । त्यती मात्र होइन, यौनका अरु नयाँ नयाँ तरिका पनि खोजिनेछ ।

सन् १९६० देखि २०१७ सम्ममा मान्छेको औसत आयु करिब २० बर्षले बढेको छ । अमेरिकी जीव वैज्ञानिक र भविष्यवादी स्टीवेन अस्टाडका अनुसार आउने समयमा मान्छे एक सय पचास बर्षसम्म बाँच्न सक्नेछन् । यति लामो जिन्दगीमा केवल एक मात्र सेक्स पार्टनरसँग जिन्दगी गुजार्न संभव होला ?

जे होस्, समयसँगै मान्छेको यौन जीवनमा परिवर्तन आएको छ । यसको सुरुवात भइसकेको छ । ठूला शहरमा यसको दृष्टान्त स्पष्ट देखिन्छ । दम्पतीबीच यौनकै निहुँमा सम्बन्ध विच्छेद भएको घटनाको चाङ छ । सन् २०१३ मा भएको एक सर्वे अनुसार अमेरिकामा हरेक दशमा चौथो जोडीको दोस्रो वा तेस्रो विवाह हुन्छ । आगमी दिनमा प्रतिबद्धता र वैवाहिक जीवनलाई लिएर नयाँ तौरतरिकाहरु आउन सक्छ । – बिबिसीबाट 

Tags: जीवनशैली

Discussion about this post

Related Posts

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

ईडीएल भिआरएस प्रविधिबाट स्मार्ट लाइसेन्स छपाइ सुरु

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद अमरेश सिंह,छठपछि देशभर पुग्ने

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

यी हुन एसियाडमा प्रतिस्पर्धा गर्ने १३५ नेपाली खेलाडी

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

अजय देवगनको यस वर्ष दुई चलचित्र मात्र प्रदर्शन हुने

श्रीमतीलाई शरिरमा तारपिनको तेल खन्याई आगो लगाएको आरोपमा सिरहा लहानका एक व्यक्ति प क्राउ

सिमराको होटलमा साथीको हत्या गरी फरार मुख्य अभियुक्त पक्राउ

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

भित्तामा लागेको पेन्सिलको दाग कसरी हटाउने ? जान्नुहाेस

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

जनकपुरधामको रामानन्द चोकमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

शिवपुरमा लायन्स क्लब गार्गीको आँखा शिविर, १७४ जनाले लिए सेवा

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी उमेरका सांसदलाई प्रधानमन्त्रीको आग्रह

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि