राजविराज, असार ३१ गते । सप्तरीमा मोटरसाइकलको ठक्करबाट एक जना बृद्धको ज्यान गएको छ ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका ५ निवासी ७५ वर्षीय सरयोग रायको मोटरसाइकल ठक्करबाट मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो ।
तीन जना सवार रा ४ प ९५४ नम्बरको मोटरसाइकलले सोही वार्डमा गएराती उनलाई ठक्कर दिएका थिए ।
ठक्करबाट घाइते उनको राजविराज स्थित छिन्नमस्ता अस्पतालमा उपचारकै क्रममा राती १९ः३० बजेको समयमा मृत्यु भएको प्रहरीले बताइएको छ ।
मोटरसाइकल र चालक संजय राय, मोटरसाइकलमा सवार रघुनन्द राय र अम्बेशकुमार रायलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान कार्य अगाडी बढाएको छ ।














Discussion about this post