बारा,असार १६ गते । बाराको निजगढमा सर्पले टोकेर एक युवकको ज्यान गएको छ।हेटौंडा उपमहनगरपालिका–१५ भोर्ले बस्ने २० वर्षीय सरोज बम्जनको ज्यान गएको हो ।
उनी निजगढ नगरपालिका– १३ डमरपुर स्थित मामा घरमा बस्दै आएका थिए । बुधबार बिहान ३ बजे सर्पले उनको कानमा टोकेको थियो ।
सर्पको टोकाइबाट घाइते भएका उनलाई प्राथमिक स्वास्थ्य केन्द्र निजगढमा लैजाँदै गर्दा बाटोमा ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए ।





















Discussion about this post