जनकपुरधाम,जेठ १९ गते। जनकपुरधाम उपमहानगरपालिका–७ बसहिया रोडको एक घरमा सडेको अवस्थामा एक जनाको शव फेला परेको छ ।
स्थानीय वैद्यनाथ झाको घरमा बुधबार प्रहरीले सडेगलेको अवस्थामा अन्दाजी ३० वर्षका पुरुषको शव फेला पारेको हो । कोहि नबस्ने सो घरमा शव गन्हाएपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए ।
बाहिरबाट ताला लगाएको घरको ओछ्यानमा सिरकले छोपेको अवस्थामा शव फेला परेको हो । दुर्गन्ध फैलिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी टोलीले ताला तोडेर भित्र हेर्दा बेडमा सिरकले छोपिएको अवस्थामा शव फेला परेको मिश्रले बताए ।
उनका अनुसार दुईधुर जग्गामा रहेको उक्त घरमा लामोसमयदेखि कोहि बसिरहेका छैनन् । घरधनी बैद्यनाथ झासहित उनका परिवार उदयपुरको गाइघाट बस्दै आएका छन् । केहिले काही आउँदा उनको परिवार जनकपुरकै पेठिया बजारमा रहेको अर्को घरमा बस्ने गर्दछन् ।बसहियाको घरमा भने कोहि बस्ने गरेका छैनन् । सोहि घरमा बाहिर र भित्र बन्द रहेको अवस्थामा शव भेटिनु घटना शंकास्पद रहेको डीएसपी मिश्रको भनाइ छ ।कसैले हत्या गरेर लास लुकाएको हुन सक्ने उनले बताए ।
शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको छ । ‘घटना शंकास्पद देखिएको छ’ डीएसपी मिश्रले भने, ‘थप अनुसन्धान शुरु गरेका छौं ।’














Discussion about this post