nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

बारामा बालक हत्याको आरोपमा एक जना युवक पक्राउ,युवक र आमाबीचको अबैध समबन्धले दुई छोराको घाँटी रेटेर हत्या भएको खुलासा

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ९, २०७८, ९:५५ मध्यान्ह
बारामा बालक हत्याको आरोपमा एक जना युवक पक्राउ,युवक र आमाबीचको अबैध समबन्धले दुई छोराको घाँटी रेटेर हत्या भएको खुलासा

बारा,जेठ ९ गते। बाराका दुई बालकको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।बाराको कलैया उपमहानगरपालिका ७ रंगपुरका २५ वर्षीय फरमुल्लाह अन्सारीलाई बारा प्रहरीले अाइतबार सार्वजनिक गरेको हो ।बालककी आमा र स्थानीय एक युवकबीच अबैध सम्बन्धका कारण दुबैजनाको हत्या भएको खुलेको हो ।

जेठ ३ गते साँझदेखि बेपत्ता भएका रंगपुरकै अब्दुल गफार अन्सारीका छोराहरु जेठो ९ वर्षीय अमान अन्सरी र कान्छो ७ वर्षीय उसमान अन्सारीको घाँटी रेटेर हत्या भएको थियो ।जिल्ला प्रहरी कार्यालय बाराका अनुसार हत्या आरोपी कलैया उपमहानगरपालिका ७ रंगपुरका २५ वर्षीय फरमुल्लाह अन्सारी पक्राउ परेपछि घटनाबारे खुलासा भएको हो । प्रहरीका अनुसार मृतकका बाबु अब्दुल गफार अन्सारी विगत ३ वर्षदेखि वैदेशिक रोजगारीका क्रममा कतारमा छन्।

सहयोग आदानप्रदानका क्रममा अभियुक्त र मृतकहरूको आमाबीच घनिष्टता र हिमचिम बढेर उनीहरुबीच अबैध सम्बन्ध समेत देखिएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले जानकारी दिए ।

प्रहरीका अनुसार श्रीमान घरमा नभएको अवस्थामा अभियुक्तले भाउजू नातामा पर्ने मृतकहरूको आमासँग छोराहरूलाई घरमा नै छाडी छोरीहरूलाई मात्र साथमा लिई भागी भारततिर गई बसौँ भनी बारम्बार दबाब दिने गरेका थिए ।

मृतकहरूको आमाले छोराहरूलाई छाड्न नमानेपछि छोराहरू नै सिध्याइदिने निर्णयमा अन्सारी पुगेको पाइएको प्रहरीको दाबी छ।
मृतककी आमा पछिल्लो समय अन्सारीबाट टाढिएपछि उनले ‘पख तँलाई छोराहरूको घमण्ड छ, हैन ? देखाइदिन्छु भन्दै धम्की दिएको’ पाइएको छ।

घटनाको केही दिन पहिलेदेखि अन्सारीले बालकहरुलाई मिठाइ किनिदिने, घुमाउन लैजाने गरेका थिए।आफ्नी आमा र अभियुक्तबीचको सम्बन्धको विषयमा मृतक बच्चाहरूलाई थाहा भएको र यो सालको इदमा आफ्नो बुवा आउँदा सबै कुरा भनिदिन्छु भनेको अन्सारीले प्रहरीलाई बताएका छन्। आफ्नो र मृतकहरूको आमाबीचको सम्बन्धको विषयमा भेद खुल्ने डरले उनले हत्या गरेको प्रहरीलाई बताएका छन्।

मृतकका आमासँग अन्सारीले ऋण लिएको र अझैसम्म नतिरेको समेत पाइएको छ। घटना भएको दिन मृतकहरूकी आमा भाइ नाता पर्ने व्यक्तिको मृत्यु भएका कारण माइती गएकी थिइन्।

घरमा बच्चाहरू मात्र भएको मौका छोपी अभियुक्तले साँझपख बच्चाहरूलाई लोभलालचमा पारी एकान्त स्थलमा बोलाई हत्या गरी छाडेका थिए। भोलिपल्ट बिहान पौने ५ बजेतिरै कलैया बजार चोकमा हिँड्डुल गरेको सीसी क्यामेराबाट प्रहरीले पत्ता लगाएको छ।

तर बिहान बच्चाहरूको शव फेला परेपछि उनी समेत घटनास्थलमा पुगेका थिए।तालिमप्राप्त कुकुर आउँदै छ भन्ने थाहा पाएपछि उनी घटनास्थलबाट फरार भएको पाइएको छ।उनको घरबाट प्रहरीले चक्कु र रगत लागेको पेटी बरामद गरेको छ। उनीविरुद्ध मुद्दा दर्ता गरेर थप अनुसन्धान सुरु गरेको डीएसपी मिश्रले बताए।हराएको भोलिपल्ट कलैया उपमहानरपालिका ११ स्थित मदर्शा सलफिया कन्जलुमको निर्माणाधीन भवनको कोठामा शव फेला परेको थियो।बालकहरूको धारिलो हतियारले घाँटी रेटी हत्या गरेको पाइएपछि तालिमप्राप्त कुकुरसहितको विशेषज्ञ प्रहरी टोलीले घटनास्थलको सूक्ष्म अवलोकन गरी अनुसन्धान सुरु गरेको थियो।

बाराका प्रहरी प्रवक्ता डीएसपी गौतम मिश्रको कमाण्डमा खटिएको टोलीले अनुसन्धानको क्रममा ५० जना व्यक्तिसँग सोधपुछ गरेको थियो। अनुसन्धानको क्रममा पोलीग्राफ समेतको प्रयोग गरिएको डीएसपी मिश्रले जानकारी दिए।

Tags: बारा खबर

Discussion about this post

Related Posts

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

सीएमसी नेपालद्वारा स्वास्थ्यकर्मी र शिक्षकहरुका लागि अपाङ्गता समावेशीकरण र मानव अधिकार सम्बन्धी तालिम

जहाँ जोखिम त्यहाँ बीमा

बीमा कम्पनीका अभिकर्ताहरू विदेश सयरमा, बीमितहरू पैसा फिर्ता नहोला कि भन्ने तनावमा

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

भारतको सर्वोच्च अदालतले भन्यो- विवाहअघि शारीरिक सम्बन्ध राख्दैमा ‘खराब चरित्र’ हुँदैन

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

धमाधम बनाइँदैछ कर्णालीको सिंहदरबार

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

भोटेकोशी बाढीपीडितका लागि गरिमा विकास बैंकको एक करोड बढी सहयोग

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

सर्लाहीमा चट्याङ लागेर १२ वर्षीया बालिकाको मृत्यु, दुई जना गम्भीर घाइते

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

चिनियाँ पर्यटक लक्षित गर्दै थाइल्यान्ड: ‘गोल्डेन विक’ मा ३५० मिलियन डलर कमाउने लक्ष्य

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

वर्षायाममा घरलाई पूर्ण ताजा राख्न लगाउनुहाेस् यी ‘इन्डोर प्लान्ट’

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

विश्व ओजोन तह बचाउ दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि