सुनसरी,बैशाख ९ गते।सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष महेन्द्र प्रसाद यादव एक धरान–१३ स्थित डुकु होटलमा महिलासँग निर्वस्त्र अवस्थामा पक्राउ परेका छन् । स्रोतका अनुसार यौन गतिविधि गरिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय धरानको टोलिले रंगेहात पक्राउ गरेको हो ।गाउँपालिका अध्यक्ष यादव र महिला दुवैलाई इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
अध्यक्षको सरकारी गाडी दिउँसो होटल पुगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । स्थानीयहरुका अनुसार इनरुवाकै एक महिलालाई जागिर लगाइ दिने प्रलोभनमा पारेर होटलमा बोलाएको थियो । सोबारे थप अनुसन्धान भइरहेको एसपी थापाले बताएका छ्न ।















Discussion about this post