बारा,चैत १७ गते।होलि खेल्ने क्रममा कलैया उपमहानगरपालिका-२३ भतौडामा झगडा तथा कुटपिट हुँदा सोही ठाउँकी ६५ वर्षीया सञ्जादेवीको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन्। ती वृद्धाको उपचारको क्रममा भवानी अस्पताल वीरगञ्जमा मृत्यु भएको बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए।घाइते ६ जनालाई उपचारको लागि एनएमसी वीरगञ्ज पठाइएको र अवस्था सामान्य रहेको मिश्रले बताए।
झगडा तथा कुटपिटमा संलग्न आरोपमा सोही ठाउँका २३ वर्षीय ओमप्रकाश गुप्तासहित चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।वृद्धाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल वीरगञ्ज पठाइएको छ। घटनाबारे अनुसन्धान भइरहेको मिश्रले बताए।
यसैबीच, प्रहरीमाथि बोतल प्रहार गरेको आरोपमा धनुषा लक्ष्मीनियाँ गाउँपालिका-६ निकालका ३० वर्षीय सन्तोष शर्मालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ।
क्षिरेश्वरनाथ नगरपालिका-६ सखुवा चोकमा इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिकसहित खटिएको प्रहरीले ज१२प ५०१४ नम्बरको मोटरसाइकलका चालक शर्मालाई पक्राउ गरेको हो। शर्मा हेल्मेट नलगाई मोटरसाइकल चलाइरहेका थिए।
रोक्न खोज्दा उनले ट्राफिक प्रहरी जवानलाई सामान्य ठक्कर दिएर जनकपुर भागेका थिए।पछ्याउँदै गएर समातेपछि उनले प्रहरीमाथि बियरको बोतल प्रहार गरेका थिए। बोतल प्रहारबाट दुई जना प्रहरी सामान्य घाइते भएका थिए।





















Discussion about this post