लहान सम्वादाता / चैत्र ७ गते ।हिजो शुक्रबार जिल्ला सुनसरी धरान उपमहानगरपालिका वडा न. १४ स्थित आइडल बोर्डिङ स्कुलको सभाहलमा साईवर क्राइम सम्बन्धि जनचेतनामूलक कार्यक्रम गरेको जानकारी प्राप्त भएको छ।इलाका प्रहरी कार्यालय धरान को आयोजनामा सामुदायिक प्रहरी साझेदारी अन्तर्गत ” साइवर क्राईम ” सम्बन्धि कार्यक्रम गरिएको छ।
कार्यक्रममा वडा न. १४ का वडा अध्यक्ष कृष्ण प्रसाद भट्टराई , स्थानीय जनप्रतिनिधि , आईडल स्कुल तथा दन्तकाली माध्यमिक विद्यालयका शिक्षक , विद्यार्थी , अभिभावक , टोल विकास समिति समेत गरि जम्मा १०० जनाको उपस्थित रहेको थियोे ।
कार्यक्रममा प्र. स. नि. सरस्वती राईले विधुतिय अपराध ” साइवर क्राईम सम्बन्धि जानकारी एवंम कानुनी प्रवधानको विषयमा प्रशिक्षण दिइएकी थिईन।














Discussion about this post