सिरहा।जबरजस्ती करणीको अश्लील भिडियो बनाई ब्ल्याकमेल गर्ने एक युवक पक्राउ परेका छन्।सिरहाको कल्याणपुर नगरपालिकाकी २२ वर्षीया युवतीलाई जबरजस्ती करणी गरी भिडियो बनाएर ब्ल्याकमेल गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख सन्तु कुमार जैसवारले जानकारी दिए।
भिडियो बनाउने कल्याणपुर नगरपालिका वडा नं ४ का २० वर्षीय युवक अजय महरालाई पक्राउ गरिएको र जबरजस्ती करणी गर्ने २३ वर्षीय जितन राम अहिले फरार रहेको उनले बताए।
मंसिर २ गते राति ती महिलालाई सोही नगरपालिका वडा नं ४ का जितन रामले जबरजस्ती करणी गरेको र उसको साथी अजयले भिडियो बनाएका थिए।
दुवै साथीले बनाएको भिडियो देखाई व्ल्याकमेल गर्दै महिलालाई पटकपटक जबरजस्ती करणी गर्ने योजना बनाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ। भिडियो बनाउने युवकलाई पक्राउ गरिएको र फरार रहेका अर्का युवकको खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ।
Discussion about this post