nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

डोम जाति अझै पनि छुवाछूतबाट प्रताडित छठमा सूर्यलाई अघ्र्य दिन बाँसले बनाएको सामग्री नभए पर्व हुँदैन ‘गाउँमा श्रम, सीप र मेहनत चल्छ तर छोएको पानी चल्दैन

सजिलो पोस्ट सजिलो पोस्ट
मंसिर २, २०७७, ६:४७ मध्यान्ह
डोम जाति अझै पनि छुवाछूतबाट प्रताडित  छठमा सूर्यलाई अघ्र्य दिन बाँसले बनाएको सामग्री नभए पर्व हुँदैन ‘गाउँमा श्रम, सीप र मेहनत चल्छ  तर छोएको पानी चल्दैन

उमेश कुमार साह,सप्तरी।अहिले मधेस छठमय भएको छ । डोम जाति बाँसको चोयाले डाला, सुपली, पनपथिया बुन्न व्यस्त छन् । छठमा सूर्यलाई अघ्र्य दिन डोमले बनाएका बाँसका सामग्री प्रयोग हुन्छन् ।सप्तरीको बोदे बर्साईन नगरपालिका वार्ड न ०६ को सुरज मरिक (डोम) को परिवारलाई अचेल भ्याइनभ्याइ छ । ६ जनाको परिवार पछिल्लो एक महिनादेखि दिनरात काममा जुटिरहँदा पनि मागबमोजिम सामग्री तयार गर्न नसकेको उनी बताउँछन् ।

‘छठ पर्वका लागि ठूलो संख्यामा नाङ्लो, ढकिया, कोनियालगायत सामग्रीको माग छ,’ गत शुक्रबार साँझ आफ्नो घरअगाडि काम गर्दै गर्दा भेटिएका उनले भने, ‘शनिबार बिहानसम्म जसरी भए पनि सबै ग्राहकलाई चाहिए जति सामग्री पुर्‍याउनुपर्ने हुन्छ ।बोदे बर्साईन नगरपालिकामा विभिन्न वार्ड जस्तै फुलहरा,खडकपुर,नेगडा,मल्हनिया ,बरहा ,कुशमुहार नजिकका बस्तीहरूमा आफ्ना एक सयजति ग्राहकलाई अझै बाँसका सामान उपलब्ध गराउन बाँकी रहेको राजकुमारसँगै काम गरिरहेकी उनकी आमा मंगली मरिकले सुनाइन् ।

‘बिहान २ बजेदेखि नै काम थाल्छौं,’ उनले भनिन्, ‘छोरा, बुहारी, नाति, नातिनी सबै मिलेर काम गरिरहेका छौं ।’राजकुमार मात्रै नभई यस क्षेत्रमा बसोबास गर्ने प्रायः डोमको अचेल व्यस्तता बढेको छ । छठ पर्वका लागि बाँसका सामग्रीको माग बढेकै कारण उनीहरूलाई भ्याइनभ्याइ भएको हो ।

डोम जातिमाथि भइरहेको सामाजिक विभेदलाई अन्त्य गर्न उद्देश्यले चर्चित गीतकार धीरेन्द्र प्रेमर्षीले एक गीत लेखे–

‘हमरे डाला पनपथिया सँ, देबतो पितर पूजाई छै । कहु यौ बाबु तैयो हमर देहिन किया छुवाई छै । मेहनत हमर चलै छै सगरो, मुद्दा चलै नै पाइन यौ ।।’

अर्थात्, ‘मेरै डाला ढाकीले ईश्वर पूजिन्छ, तैपनि मेरो जीउ किन छोइन्छ । मेरो मेहनत सबै ठाउँमा चल्छ, तर पानी किन चल्दैन ?’

यो गीतमा गायक रामा मण्डलले स्वर दिए । गायिका रूपा झाले रामाको स्वरमा स्वर थपिन् । डोमहरूको तात्कालीन परिस्थितिलाई इंगित गर्दै उनले गीत गाएका थिए ।

राजतन्त्र हुँदै देश गणतन्त्रमा आइसक्यो । तन्त्र फेरियो, तर डोम जाति अझै पनि छुवाछूतबाट प्रताडित छन् ।

तिनै डोमले बनाएको बाँसको सामग्रीले देवता पूजिन्छ । गाउँमा मान्छे बिते शव जलाउन गाउँलेहरूले डोमबाट आगो किन्ने परम्परा छ ।

समाजमा गरिने छुवाछूतको व्यवहारले ४ दशकदेखि स्नेही पिरोलिँदै आएका छन् । ‘गाउँमा श्रम, सीप र मेहनत चल्छ । तर छोएको पानी चल्दैन,’ उनले गुनासो गरे ।

डोमले बनाएको पवित्र डाला, नाङ्लो, सुपलीमा अघ्र्य दिए छठ निष्ठापूर्वक गरेको विश्वास गरिन्छ ।

उनले भने ‘हाम्रै हातको आगोले दाहसंस्कार गर्दा पुण्य हुन्छ । तर मानिस हामीलाई छुन पनि हिच्कचाउँछन् ।’

बजारमा प्लास्टिकका सामग्री आएदेखि बाँसका सामग्री बिक्री हुन छाडेको फुलो मरिक बताउँछिन् । उनले भनिन्, ‘चार्ड पर्वबाहेक अरूबेला बाँसका सामग्री नै बिक्दैनन् ।’

जातीय विभेद गर्नेलाई कडा कारबाही गर्नुपर्ने दलित अधिकारकर्मीको माग छ । ‘मन्दिरमा कुकुरलाई पनि निषेध गरिँदैन । तर हामी कथित तल्लो जातिका मानिसलाई पस्न दिइँदैन’, उनले भने, ‘जातीय विभेद गर्नेलाई ज्यान मार्नेसरह कारबाही गर्ने कानुन बनाउनुपर्छ ।’

मिथिला संस्कृतिका जानकार धीरेन्द्र पे्रमर्षीले डोम जाति समाजको अभिन्न अंग रहेको बताए ।

‘कलात्मक बाँसको सामग्री बनाउँछन्, उनीहरू इन्जिनियर नै हुन्’, उनले थपे, ‘उनीहरूले बनाएको सामग्रीबाटै दैनिकी चल्छ । यति ठूलो काम गर्नेलाई विभेद गर्नु व्यावहारिक होइन ।’

Tags: समाज

Discussion about this post

Related Posts

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

युवाको ऊर्जा र क्षमताको अधिकतम सदुपयोग गर्ने सरकारी प्रतिबद्धता

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

अभिनेता प्रकाशराजको नाम मतदाता सुचीवाट हटाइयो, अब भोट गर्न नपाउने

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

मृत्यु भएको २९ बर्ष भयो तर पनि गायकको आम्दानी रोकिएको छैन

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

रतौली युवा क्ल्बद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामग्री तथा स्वरोजगार सामग्री वितरण

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

किचेनको भित्ता फोहोर भयो, त्यसो भए चुटकीमा संकटवाट मुक्ति पाउनुहोस

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

लाल बकैया नदीमा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता, सुरक्षाकर्मीद्वारा खोजी जारी

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

भोजपुरी क्विन आम्रपाली- ‘म विवाह गर्न चाहन्नँ तर आमा बन्न चाहन्छु’

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि