nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

गिरिजानन्द साह गिरिजानन्द साह
बैशाख १७, २०८३, ६:१५ मध्यान्ह
उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

महोत्तरी/गोपालप्रसाद बराल/वैशाख १७ गते। मधेस क्षेत्रमा दिनप्रतिदिन बढ्दो गर्मीसँगै उखुको जुस (रस) को व्यापार फस्टाएको छ । महोत्तरीका चोकबजार क्षेत्रमा विशेषगरी विदेशबाट फर्किएका युवाले यो व्यवसाय गरी स्वदेशमै आत्मनिर्भर बन्न थालेका छन् ।

यो व्यवसाय गरेर आत्मनिर्भर बन्नेहरूमध्ये हुन्, मलेसिया र साउदी अरब गरेर चार वर्ष बिताएर स्वदेश फर्किएका सर्लाही ईश्वरपुर–१ का महम्मद अफजल । उनी हाल महोत्तरीको बर्दिबास चोकमा उखु पेलेर जुस बेच्ने गर्छन् ।

अफजल भन्छन्, चार वर्ष विदेशमा गएर पसिना बगाइयो । अबचाहिँ ढुक्कले यहीँ काम गर्ने निधो गरेको छु । पछिल्ला तीन वर्षदेखि रिक्सा चलाउँदै जुस बेच्दै यसैबाट परिवारमा शिक्षादिक्षा र लालनपालन सहज बनेको छ ।

उनको परिवारमा चार छोरी, पत्नी गरी छ जना छन् । परिवारको भविष्यका लागि विदेशीन बाध्य अफजलले त्यहाँ गएर पनि सोचेजस्तो भएन । त्यसैले स्वदेशमै फर्किएर काम गर्न थालेको उनको भनाइ छ । विदेश जाँदा लागेको ऋणले थिचिएको थिएँ, अहिले यहीको कमाइले सबै तिरिसकेँ, उनी भन्छन्, राम्रो सीप भएका दक्ष व्यक्तिलाई उता राम्रो होला, तर हामीजस्ता श्रम गरेर बाँच्नेलाई आफ्नै देशमा कुनै व्यवसाय गर्नु नै उपयुक्त हुने रहेछ । आफ्नै देशमा रोजाइको काम गर्दा कसैको हेपाइ पनि सहनु पर्दैन ।

धनुषाको मिथिला–१ का जगदीश साह पनि उखुको जुसको व्यापारबाट सन्तुष्ट छन् । अब विदेश जाने सोच नै छैन, धेरै दुःख भोगियो”, उनी भन्छन्, दुई वर्षदेखि यो काम गर्न थालेपछि सानो–ठूलो खर्चका लागि कसैसँग हात थाप्नुपरेको छैन । परिवारसँगै बसेर काम गर्न पाउँदा विदेशको पीडा बिस्तारै बिर्सिंदै गएको छु ।

मध्य वैशाखसँगै यहाँ गर्मी पनि बढ्दैछ । गर्मीसँगै यहाँ जुसको व्यापार पनि फस्टाउँदै छ । बर्दिबास चोकमै जुस बेचिरहेका गौशाला–५ का मोहम्मद नासिरका अनुसार दिनभरि जुस बेच्दा तीन हजारभन्दा बढीको व्यापार हुन्छ, जसबाट करिब दुई हजार बचत हुने गरेको छ ।

उखुको जुसको व्यापार वर्षभरि चल्ने भए पनि गर्मीयाममा यसको माग अत्यधिक बढ्ने व्यापारीहरू बताउँछन् । “गर्मीमा उखुसँगै तुलसी र पुदिनाको पात मिसाएर जुस बनाउँछौँ, बरफ हालेर चिसो बनाउँदा ग्राहकले निकै मन पराउँछन्”, नासिर भन्छन् ।

गौशाला–५ का व्यापारी मोहम्मद साबिर बढ्दो तापक्रमसँगै जुसको माग पनि बढ्ने गरेको बताउँछन् । जति गर्मी बढ्छ, जुस त्यति नै बढी बिक्छ । बेलाकै व्यापार हो, ग्राहकलाई जुस दिन भ्याइनभ्याइ हुन्छ ।

महोत्तरीको बर्दिबास क्षेत्रमा मात्रै हाल करिब ३०–३५ जना यस व्यवसायमा संलग्न छन् । जलेश्वर, रामगोपालपुर, पिपरा, मटिहानी, सीतापुर बजार, औरही, गौशाला, सम्सी र लोहारपट्टीलगायत बजार क्षेत्रमा पनि उखुको जुसको व्यापार बढ्दो छ । यस व्यवसायमा संलग्नमध्ये धेरैजसो विदेशबाट फर्किएकाहरू छन् ।

विदेशमा ज्यान जोखिममा राखेर काम गर्नुभन्दा आफ्नै देशमा पसिना बगाउनु राम्रो हो, अफजल भन्छन्, त्यहाँ धेरैले भनेको काम नपाएर दुःख पाइरहेका देख्दा मन दुख्छ ।

धेरैजसो युवाहरू आफ्नो नजिकको ठाउँभन्दा छिमेकी बजारमा व्यापार गर्न जाने गरेका छन् । सर्लाहीका विवेक कुशवाहा भन्छन्, “आफ्नै ठाउँमा भन्दा अलि पर खुलेर काम गर्न पाइन्छ, त्यसैले बर्दिबास रोजेको हुँ । यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको छ । अन्य साथीलाई पनि यसमा लाग्न प्रेरित गरिरहेको छु ।

करिब रु दुई लाख रुपैयाँ लगानीमा ठेला र मोटर जडान गरेर यो व्यवसाय सुरु गर्न सकिने व्यापारीहरूको अनुभव छ । उखु उधारोमा किनेर जुस बिक्रीबाट रकम तिर्न सकिने हुँदा पनि यो पेसा सहज बनेको छ । महोत्तरी, सर्लाही र धनुषामा उखुखेती प्रशस्त भएकाले कच्चा पदार्थको अभाव छैन ।

स्वास्थ्यकर्मीका अनुसार उखुको रस ऊर्जादायी र स्वास्थ्यका लागि लाभदायक पेय हो । कुनै कृत्रिम पदार्थ मिसाउन नपर्ने भएकाले गर्मीयाममा यसको माग बढ्ने गरेको वरिष्ठ जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाको भनाइ छ ।

व्यापार राम्रो भए पनि सडकमा डुल्दै व्यापार गर्दा नगरपालिकाका कर्मचारीबाट अवरोध हुने गुनासो गरेका छन् । हामी सडक छेकेर बस्दैनौँ, डुल्दै व्यापार गर्छौँ, तर पनि रोक्ने र दुःख दिने गरिन्छ, व्यापारीले भन्ने गरेका छन् ।

यस विषयमा बर्दिबास नगरपालिकाले भने व्यापार रोक्ने वा दुव्र्यवहार गर्ने जस्ता घटना नभएको स्पष्ट पारेको छ । महेन्द्र राजमार्ग विस्तारको काम भइरहेकाले अव्यवस्थित पार्किङ रोक्न सूचना जारी गरेका हौँ, त्यसबाहेक नियमानुसार काम गर्ने स्वरोजगारमूलक काम गर्ने व्यवसायीलाई समस्यामा पार्ने कुनै नीति छैन प्रमुख प्रशासकीय अधिकृत राममणि अधिकारीले बताए ।

Tags: महोत्तरी खबर

Discussion about this post

Related Posts

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

गरुडा चिनी मिलको धुवाँसँगै हराएको किसानको खुसी

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

ओझेलमा परेको ऐतिहासिक सिम्रौनगढ

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

कक्षा १२ को परीक्षा आजदेखि सुरु, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!